कुलमान र हितेन्द्रदेवको रिटमा सुनुवाइ हुँदै
सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा बुधबार सुनुवाइ हुँदै छ । मङ्गलबारदेखि सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ भइरहेको छ । मङ्गलबार उक्त रिट हेर्दा हेर्दैमा राखी आजका लागि तोकिएको हो ।
घिसिङले आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरेकाले निर्णय बदर गरेर पुनस्र्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । यसैगरी, प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदनमा पनि आजै सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वारा चुडाल र पाण्डेयको संयुक्त इजलासमै शाक्यद्वारा दायर रिटमा सुनुवाइ हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment