११ श्रावण २०८२, शनिबार

तीन महिनापछि दाङमा हवाई सेवा पुनः सुरु हुदैं

 

१७ चैत, दाङ-

गत तीन महिनादेखि बन्द रहेको दाङको हवाई सेवा पुनः सुरु हुने भएको छ । सोमबारदेखि टरिगाऊँ विमानस्थलमा विमान आउने नेपाल एयरलाइन्सका स्टेसन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिनुभयो । विमानको इन्जिनमा समस्या आएपछि गत पुस २ गतेदेखि हवाई सेवा बन्द भएको थियो ।  विमानमा नयाँ इन्जिन राखेर ल्याएपछि सेवा दिन थालिएको हो ।

विमान सेवाका लागि छिट्टै नै कार्य तालिका प्रकाशन हुने उहाँको भनाई छ । कार्य तालिका आएपछि उडान तालिकाबारे थाहा हुने उहाँले बताउनुभयो । चैत महिनामा साताको २ दिन विमान आउने र वैशाखदेखि यात्रुको सङ्ख्याअनुसार साताको चार दिनसम्म विमान सञ्चालनको तयारी भइरहेको एयरलाइन्सले जनाएको छ । यात्रुको सङ्ख्याको आधारमा जहाज आउने इन्चार्ज सुनारले बताउनुभयो ।तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको टरिगाऊँ विमानस्थल विसं २०११ मा बनेको थियो । विमानस्थलको स्तरोन्नतिका लागि लामो समयदेखि माग हुँदै आएको भए पनि हालसम्म माग सुनुवाइ हुन नसक्दा दाङमा हवाई सेवा नियमित हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?