१० श्रावण २०८२, शुक्रबार

दिल्लीमाथि नेपाली यू-१९ टोलीको सिरिज ‘क्लिन स्वीप’

 

१६ चैत, काठमाडौं ।

नेपाली यू-१९ क्रिकेट टोलीले दिल्ली यू-१९ टोलीसँगको अभ्यास खेलको सिरिज क्लिन स्वीप गरेको छ । शनिबार भएको अन्तिम खेलमा पनि जित निकाल्दै नेपालले ३-० ले शृंखला जितेको हो । नेपालले दिल्लीलाई शनिबार ५१ रनले हरायो । नेपालले दिएको १२३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभरमा ७१ रनमा अलआउट भयो । रौनक वागेलाले सर्वाधिक १७ रन बनाए ।

नेपालका दयानन्द मन्डलले ४ विकेट लिए । बिपिन प्रसाद शर्माले २ तथा नितिश पटेलले १ विकेट लिए । त्यसअघि नेपालले ३९.४ ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो । रोशन विश्वकर्मा र युवराज खत्रीले समान १८ रन बनाए । साहिल पटेल र दिल्साद अलीले समान १७ रन बनाए । यसअघि नेपालले पहिलो खेलमा ५ विकेट र दोस्रो खेलमा १०२ रनको जित निकालेको थियो । अप्रिलमा नेपालमै हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीस्वरूप शृंखला आयोजित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?