अदालतको आदेशपछि अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने
६ चैत, काठमाडौँ ।
अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने भएको छ । चैत ५ गतेका लागि तोकिएको निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको थियो । स्थगित भएको निर्वाचन सुचारु गराउन माग गर्दै अनेरास्ववियुले उच्च अदालत पाटनमा मुद्दा हालेको थियो । अदालतले यथाशीघ्र चुनाव सम्बन्धी बाँकी कार्य पुरा गर्न अन्तरिम आदेश जारी गरेपछि क्याम्पसले चैत १० गते निर्वाचन गराउने सूचना जारी गरेको हो ।
निर्वाचनको अघिल्लो दिन अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो । क्रान्तिकारीको तालाबन्दीका कारण स्ववियु निर्वाचन गराउन नसकिने भन्दै क्याम्पस प्रशासनले निर्वाचन स्थगित गरेको सूचना जारी गरेको थियो । अदालतको अन्तरिम आदेशपछि क्याम्पसमा बसेको सर्वपक्षीय बैठकले चैत १० गते निर्वाचन गराउने निर्णय गरेको हो ।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान








Post Comment