२६ जेष्ठ २०८२, आईतवार

डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै अस्पतालमा टाँसिने

१० असोज, काठमाडौं । सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने दण्ड सजायबारे सबै स्वास्थ्य संस्थामा सर्वसाधारणले सहजै देख्ने गरी सूचना राख्ने भएको छ ।

बुधबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाको छलफलले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख गरेर सूचना टास्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले पछिल्लो समय देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुमाथि भएका दुव्र्यवहारका घटनाहरुम संलग्न दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) बमोजिम कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी गरी आन्दोलनमा रहेका स्वास्थ्यकर्मीलाई काममा फर्किन आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?