२६ जेष्ठ २०८२, आईतवार

इजरायलले गाजामा बिजुली आपूर्ति बन्द गर्‍यो

 

२६ फागुन, काठमाडौं । इजरायलले गाजामा तत्काल प्रभावबाट बिजुली आपूर्ति बन्द गर्ने बताएको छ । ऊर्जामन्त्री एली कोहेनले बाँकी ५९ बन्धकहरूको रिहाइका लागि हमासमाथि दबाब दिने उद्देश्यले यो कदम चालिएको बताए । इजरायल विद्युत् निगमलाई उक्त क्षेत्रमा बिजुली आपूर्ति बन्द गर्न आदेश दिएको उनले जानकारी दिए । मैले गाजा पट्टीमा तुरुन्तै बिजुली आपूर्ति काट्ने आदेशमा हस्ताक्षर गरेको छु ।

हामी बन्धकहरूको रिहाइ र गाजाबाट हमासको उन्मूलन सुनिश्चित गर्न उपलब्ध सबै उपायहरू प्रयोग गर्नेछौं,’ उनले भने । गत हप्ता इजरायलले गाजामा राहत सामग्री, तेल र अन्य सामग्री बोकेका सवारीसाधनहरूको बाटो अवरुद्ध गरेको थियो ।ऊर्जामन्त्री कोहेनले पानी आपूर्ति बन्द गर्ने बारेमा पनि सोचिरहेको बताए । इजरायलले हमासले आफ्नो युद्धविरामको पहिलो चरणको अवधि बढाउन स्वीकार गरोस् भन्ने चाहन्छ । तर हमासले भने युद्धविरामको दोस्रो चरणको वार्ता सुरु होस् भन्ने चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?