११ श्रावण २०८२, शनिबार

सम्बोधनका क्रममा ट्रम्पलाई अवरोध गर्ने डेमोक्रेट सांसदलाई बाहिर निकालियो

 

२१ फागुन, काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका बेला रिपब्लिकन र डेमोक्रेट हरू बीच तनाव देखिएको छ । ट्रम्पले आफ्नो चुनावी जितको प्रशंसा र डेमोक्रेटहरूको आलोचना गरिरहेका बेला डेमोक्रेट सदस्यहरूले अवरोध गरेका थिए ।

आफ्नो भाषण सुरु गरेको केही समयपछि, ट्रम्प बीचमै रोकिनु पर्यो र सभामुखले ट्रम्पमाथि चिच्याइरहेका सिनेटर अल ग्रीनलाई बाहिर निकाल्न आदेश दिएका थिए । ग्रिनलाई बिस्तारै सदनबाट बाहिर निस्किरहेको देखियो । यसपछि ट्रम्पले आफ्नो भाषण जारी राखेका थिए ।

यद्यपि, प्रतिनिधि सभाका धेरै डेमोक्रेटिक सदस्यहरूले विभिन्न नारा लेखिएका आफ्नो टी-शर्ट र ब्लेजर देखाएका थिए र सम्बोधन बहिष्कार गर्दै सदनबाट बाहिर निस्केका थिए । ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनलाई अमेरिकी राष्ट्रपतिहरूको इतिहासमा सबैभन्दा सफल दिन भनेका थिए ।

उनले पदभार ग्रहण गरेपछि दक्षिणी सिमानामा आपतकाल घोषणा गरेको र एक महिना भित्रै अवैध सीमा पार गर्ने क्रम इतिहासकै सबैभन्दा कम भएको बताए । ट्रम्पले पाँचौं पटक कंग्रेसलाई सम्बोधन गर्दै डेमोक्रेटिक सदस्यहरूलाई मिलेर काम गर्न अपील गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?