च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै
२० फागुन, काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनल खेल आज हुँदै छ । फाइनल प्रवेशका लागि दुई चिरपरिचित प्रतिद्वन्द्वी भारत र अस्ट्रेलिया खेल्दै छन् । भारत पाकिस्तानमा खेल्न नगएकाले भारत संलग्न यस सेमिफाइनल खेल दुबईमा हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ ।
भारत समूह ए को विजेता तथा अस्ट्रेलिया समूह बी को उपविजेताका रूपमा सेमिफाइनल खेल्न लागेका हुन् । दुवै टोली यस प्रतियोगितामा अपराजित छन्, अस्ट्रेलियाको दुई खेल भने नतिजाविहीन थियो । भारतले समूह चरणमा बंगलादेश, पाकिस्तान र न्युजिल्याण्डलाई हराएको थियो । अस्ट्रेलियाले पहिलो खेलमा इंग्ल्याण्डमाथि शानदार जित निकाल्दा त्यसपछिका दुई खेल नतिजाविहीन भएको थियो । भारतले हालसम्मका तीनवटै खेल सोही मैदानमा खेलेको छ । त्यसकारण भारतलाई कन्डिशन राम्रोसँग थाहा छ ।
Post Comment