सुकेधारामा शव भेटिएको घटना : हत्या आशंकामा एक पक्राउ
१७ फागुन, काठमाडौं । काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक मृत अवस्थामा भेटिएका ५० वर्षीय अड्विर राईको हत्या भएको खुलेको छ । हत्यामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार दोलखाको मेलुङ्ग गाउँपालिका–६ स्थायी घर भएका २९ वर्षीय विराट ठकुरीलाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरीका एसपी अपिलराज बोहोराले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरिएको अनलाइनखबरसँग पुष्टि गरे । ‘काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेर थप अनुसन्धान थालेको छ’, उनले भने । प्रहरी स्रोतका अनुसार, पक्राउ परेका शाही बा ४ ख ५९९३ नम्बरको गाडीमा सह–चालकका रुपमा काम गर्दै आएका थिए । उनलाई प्रहरीले भक्तपुरको सल्लाघारीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर ल्याएको हो । जिल्ला अदालत, काठमाडौंबाट आइतबार उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा थप अनुसन्धान गर्न म्याद लिने तयारी प्रहरीको छ ।
Post Comment