झापा र मोरङबाट लागुऔषधसहित ७ जना पक्राउ
१५ फागुन, झापा र मोरङका विभिन्न स्थानहरूबाट प्रतिबन्धित लागुऔषधसहित ७ जना पक्राउ परेका छन् । फागुन १५ गते लागुऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा र मेची बिट झापाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले भारतबाट भद्रपुरतर्फ आउँदै गरेका झापा अर्जुनधरा नगरपालिका- ५ का २२ वर्षीय प्रेमा तामाङलाई नियन्त्रणमा लिएको हो ।


फागुन १५ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका- ७ पशुहाटस्थितबाट झापा कमल गाउँपालिका- ३ का २४ वर्षीय समर लिम्बूको साथबाट प्रतिबन्धित औषधि ५० पिस फेला पारी नियन्त्रणमा लिएको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट फागुन १५ गते खटिएको प्रहरी विराटनगर- १५ स्थितबाट धरान उपमहानगरपालिका- १७ का ३८ वर्षीय जीवन राईलाई प्रतिबन्धित औषधि ६० एम्पुलसहित नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Post Comment