२६ जेष्ठ २०८२, आईतवार

मन्त्रीका स्वकीय सचिवको मृत्यु,संसदीय छानबिन गर्न तीन दलको माग

 

१५ फागुन, बागमती प्रदेश सरकार अन्तर्गत गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्युबारे संसदीय छानबिन गर्नुपर्ने माग विपक्षी दलले उठाएका छन् । बागमती प्रदेश सभा अन्तर्गत नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकाल, नेकपा एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर र राप्रपा संसदीय दलका प्रमुख सचेतक कुमारी तामाङले यस्तो माग गरेका हुन् ।

मृतक रवि थापाको मृत्युपछि प्रहरीले फेला पारेको आत्महत्या सम्बन्धी मृतकको स्वलेख भनिएको पत्र तथा सहकारी सम्बन्धी अडियो रेकर्डमा मन्त्री श्रेष्ठलगायत नेताहरूको नामसमेत मुछिएको र सोही कारण बाध्यात्मक परिस्थितिमा आत्महत्या भएको भन्ने आशयका समाचार आदिले घटनालाई रहस्यमय बनाएको उनीहरूको जिकिर छ ।

‘त्यसैले यस घटनाको सबै पक्षबाट छानबिन हुन अत्यन्त जरुरी छ,’ तीन दलका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । यस घटनाको निष्पक्ष छानबिनका लागि सहज वातावरण निर्माण गर्न मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने पनि उनीहरूको माग छ ।​​​​​​​ प्रदेशस्तरमा संसदीय छानबिन समिति बनाइ वास्तविकता बाहिर ल्याउन माग गर्दै उनीहरूले यसका लागि प्रदेश सभा बैठक बोलाउनुपर्ने पनि प्रस्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment