२६ जेष्ठ २०८२, आईतवार

डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए

 

३ फागुन, पोखरा । फेसबुकमा नक्कली आईडी बनाएर डिपेन्डेन्ट भिसामा युके पठाउने आश्वासन दिएर ठगी गर्ने दुई जना काभ्रेका युवा काठमाडाैंबाट पक्राउ परेका छन् । नेहा गुरुङ’ नामक नक्कली फेसबुक अकाउन्ट बनाएर सोही फेसबुकमार्फत सम्पर्क गरी प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा काभ्रेका दुई युवा काठमाडाैंको सोह्रखुट्टेबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक, चौरी देउराली गाउँपालिका–७ का १९ वर्षीय मनिष भुजेल र भूम्लु गाउँपालिका–४ का २१ वर्षीय निशान पहारी रहेका प्रहरीले जानकारी दिएको छ । उनीहरुले उक्त नक्कली फेसबुक आइडीमार्फत पोखराका एक जनालाई डिपेन्डेन्ट भिसामा युके पठाउने आश्वासन दिएर ६ लाख एक हजार नौसय ५५ रुपैयाँ ठगेको आरोप प्रहरीले लगाएको छ । कास्की प्रहरीले उनीहरुविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?