२६ जेष्ठ २०८२, आईतवार

प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु,

 

१० माघ,  तनहुँ । विद्युत् प्राधिकरणको लापरबाहीले तनहुँमा एक जनाको मृत्यु भएको छ । स्थानीयको विरोध पछि प्राधिकरणले माफी माग्दै मृतक परिवारलाई क्षतिपूर्ति दिने सहमति पछि शव बुझेका छन् । उचित क्षतिपूर्ति दिने सहमति भएपछि मृत्यु भएका देवघाट गाउँपालिका–५ का बगन्दीगाउँका ६८ वर्षीय सोमबहादुर गुरुङको शव परिवारले बुझेका हुन् ।

गुरुङको मङ्गलबार करेन्ट लागि मृत्यु भएको थियो । बिजुलीको पोलको सर्पोटको लागि टाँगिएको तारमा विद्युत् सट भई करेन्ट प्रवाह हुँदा गोठालो गएका गुरुङको मृत्यु भएको देवघाट गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य कमला गुरुङले जानकारी दिनुभयो । वडा सदस्य गुरुङका अनुसार करेन्ट लाग्दा गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।  वडा सदस्य गुरुङले उक्त घटना नेपाल विद्युत् प्राधिकरणको

लापरबाहीको कारण भएको हुँदा प्राधिकरणले मृतक परिवारलाई क्षतिपूर्ति स्वरूप पाँच लाख रुपैयाँ दिने प्रतिबद्धता जनाएको र किरिया खर्च बापत २५ हजार रुपैयाँ दिएको वडा सदस्य गुरुङले जानकारी दिनुभयो । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले नेपाल विद्युत् प्राधिकरणको मूल्याङ्कन कमिटी गठन गरेर क्षतिपूर्ति प्रदान गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?