१२ श्रावण २०८२, आईतवार

आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र, निन नम्बर पाएकाले राहदानी बनाउन मिल्ने

 

८ माघ, काठमाडौं। आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र राखिएको छ । नागरिक एप र राष्ट्रिय परिचयपत्रबीच तालमेल मिलेपछि परिचयपत्र एपमा राखिएको सूचना प्रविधि विभागका निर्देशक रमेश शर्मा पौडेलले जानकारी दिए । उनले  भने, ‘हामीले मंगलबार दिउँसोबाट नागरिक एपभित्रै राष्ट्रिय परिचयपत्र देखिने गरी ल्याएका छौं।

अब राष्ट्रिय परिचय पत्र छापिएर आएका सबै नागरिकको परिचयपत्र त्यहाँ हेर्न सकिनेछ।’ उनका अनुसार नागरिक एपभित्र ‘नेसनल आईडी’ अप्सनमा गएर त्यहाँ आफ्नो परियचपत्र नम्बर (निन नम्बर) राखेपछि सम्बन्धित नागरिकको परिचयपत्र देखापर्छ । गत कात्तिक २ को मन्त्रिपरिषद् बैठकले अन्तरआबद्धताका लागि स्वीकृति दिएको थियो। राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र नागरिक एपलाई थप प्राविधिक परीक्षण गरिएपछि आजदेखि प्रयोगमा ल्याइएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक युवराज कट्टेलले बताए ।उनले भने, ‘सूचना प्रविधि विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आवश्यक सबै परीक्षणपछि राष्ट्रिय परिचयपत्र सबै नागरिकले अनुभूत हुनेगरी सार्वजनिक गरेका छौं।’

सूचना प्रविधि विभाग र नागरिक एपबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरिएको थियो । यता, सूचना प्रविधि विभागका निर्देशक पौडेलेका अनुसार आज मात्रै १ हजारभन्दा बढीको आवेदन परेको छ भने हाल करिब ५५ लाख प्रयोगकर्ताले नागरिक एप डाउनलोड गरेका छन्। यस्तै एन्ड्रोइडमा ४९ लाख १० हजार ५ सय ९६, एप्पलको आईओएसमा ६ लाख १२ हजार १ सय १५ र वेबसाइटमा २ हजार ३२७ पटक डाउनलोड भइसकेको छ। एपमा हाल ३५ वटा निकायका ६२ वटा सेवा तथा सूचना आबद्ध गरिएको छ।  नेपाल राष्ट्र बैंकले आगामी १ माघदेखि राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा बैंक खाता खोल्ने निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?