८ श्रावण २०८२, बुधबार

वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए प्रहरीमा जाहेरी

 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट र अभद्र व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् । त्रिपाठीले बिहीबार प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएका हुन् । बुधबार स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पीडितका पक्षबाट बहस गरेर काठमाडौं जिल्ला अदालतबाट बाहिरिँदै गर्दा उनीमाथि हातपात भएको थियो ।

अदालत परिसरमा मुद्दाका प्रतिवादी एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले उनलाई घेरा हालेर लछार पछार गरेका थिए । त्रिपाठीमाथि भएको कुटपिटको घटनालाई लिएर नेपाल बार एसोसिएसन, सर्वोच्च बार र जिल्ला बारले समेत दोषीलाई कारबाहीको माग गरेका छन् । प्रहरीले त्रिपाठीमाथि हातपात गरेको आरोपमा बुधबारै ललितपुर टीकाथली बस्ने ललित केसीलाई पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?