मार्टिन गप्टिल ५५ रन बनाएर आउट
१५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा विराटनगर किंग्सको चौथो विकेट झरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा विराटनगरका ओपनर मार्टिन गप्टिल ५५ रन बनाएर आउट भएका हुन् । उनलाई जनकपुर बोल्ट्सका हर्ष ठाकेरले आउट गरेका हुन् । टस जितेर जनकपुरले बलिङ रोजेसँगै विराटनगर ब्याटिङमा उत्रिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment