११ श्रावण २०८२, शनिबार

फिस्लिङ दुर्घटना : मृतकको पहिचान खुल्यो, राजमार्ग सुचारु

 

३ मंसिर, काठमाडौं । चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार मृत्यु हुनेमा गोरखाको गण्डकी गाउँपालिका-६ की ४५ वर्षीया सीता प्रजा रहेकी छन् ।

चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको थियो । दुर्घटनापछि स्थानीयले आधा घण्टा बाटो अवरुद्ध पारेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनबाट आएको डीएसपी ज्ञानकुमार महतोको टोलीले अवरुद्ध बाटो खुलाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?