इंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित
१६ कात्तिक, काठमाडौं । द हङकङ सिक्सेस प्रतियोगिताको पहिलो खेलमा नेपालले इंग्ल्याण्डविरुद्ध सानदार जीत निकालेको छ ।
शुक्रबार बिहान सम्पन्न खेलमा नेपालले इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरेको हो । इङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपाललाई जिताउन सन्दीपले आक्रमक ब्याटिङ गरे । १७ बल खेलेका उनले पाँच चौका र आठ छक्का प्रहार गरे । उनी ७१ रनमा अविजित रहे । जारी लोकेश बमले अविजित रहँदै ११ बलमा एक चौका र दुई छक्कासहित २० रन बनाए ।
त्यसअघि मिसन रोड ग्राउन्ड हङकङमा टस हारेर पहिला ब्याटिङ थालेको इङ्ल्यान्डले ५.५ ओभरमा सबै विकेट गुमाउँददै ९७ रन बनाएको थियो । रवि बोपराले सर्वाधिक ४९ रन बनाए । १२ बल खेलेका उनले सात छक्का र एक चौका प्रहार गरे। समित पटेल ३९ रनमा आउट हुँदा इङ्ल्यान्डका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका प्रतिश जिसी र विवेक यादवले समान दुई विकेट लिए । नारायण जोशी र लोकेश बमको नाममा समान एक विकेट रह्यो ।
Post Comment