११ श्रावण २०८२, शनिबार

वन अध्यक्षको घरबाट भरुवा बन्दुकसहित हरिणको मासु बरामद

 

तस्विर: जनार्जन खत्री

८ कार्तिक, सर्लाही, हरिपुर नगरपालिका–१, जानकीनगर नाखा टोलमा वनकर्मीको टोलीले बिहीबार विशेष सुराकीको आधारमा घर खानतलासी गर्दा भरुवा बन्दुक र हरिणको मासु बरामद गरेको छ।

डिभिजन वन कार्यालय सर्लाहीका अनुसार जानकी सामुदायिक वनका अध्यक्ष दिनेश विकको घरबाट २ केजी र छिमेकी हरिनारायण महराको घरबाट १३ केजी हरिणको मासु बरामद भएको हो। मासु बरामद भए पनि अध्यक्ष विक र महरा भने फरार छन्, र उनीहरूको खोजी भइरहेको छ। वनकर्मीले महराको बारीबाट लुकाएर राखिएको भरुवा बन्दुक, नाल, र खुकुरी पनि बरामद गरेका छन्।

बन्दुकमा टाढासम्म उज्यालो फाल्ने टर्चलाइट फिट गरिएकाले यसलाई वनजन्तुहरूको शिकारका लागि प्रयोग गरिएको हुनसक्ने आशंका गरिएको छ। बरामद हरिणको मासु जनप्रतिनिधि, सञ्चारकर्मी, र वन कर्मचारीहरूको रोहबरमा डिभिजन वन कार्यालय परिसरमा खाल्डो खनेर गाडिएको छ। यस घटनामा थप अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत सन्तोष कुमार झाले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?