बाढी-पहिरोले काभ्रेमा मृत्यु हुनेको संख्या ३ पुग्यो, ११ जना बेपत्ता
१२ असोज, काठमाडौं । दुई दिनको अविरल वर्षाका कारण आएको बाढी पहिरोले काभ्रेपलाञ्चोकमा अहिलेसम्म ३ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यलय काभ्रेपलाञ्चोकका अनुसार १ बालिकासहित ३ जनाको मृत्यु हुँदा ११ जना बेपत्ता भएका छन् । यस्तै बाढीबाट १० जनाको उद्धार गरिएको छ भने एक जना घाइते भएका छन् । यस्तै काभ्रेको बनेपा नगरपालिका, बेथमनचोक गाउँपालीका, तेमाल गाउँपालीका र रोशी गाउँपालीकामा क्षति पुगेको । रोशी खोलामा आएको बाढीले समेत बगाएको छ । रोशी बाली भित्र्याउने बेला धानमा समेत ठूलो क्षति पुगेको छ । बाढीले काभ्रेपलाञ्चोकमा अरनिको र बीपी राजमार्ग अवरुद्ध भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment