मलंगवामा पहिलो पटक ओभेरियन डर्मोइड सिस्टको सफल शल्यक्रिया
ओभेरियन डर्मोइड सिस्ट, जसलाई म्याच्योर सिस्ट, जसलाई म्याच्योर सिस्टिक टेराटोमा पनि भनिन्छ, एक प्रकारको सौम्य ट्युमर हो जुन अण्डाशयमा विकास हुनसक्छ। यी सिस्टहरू विभिन्न प्रकारका टिश्युहरू जस्तै छाला, कपाल, दाँत र बोसोबाट बनेका हुन्छन् र जर्म कोषबाट उत्पन्न हुन्छन्, जसले कुनै पनि प्रकारको टिश्युमा विकास गर्न सक्छ।
१७ वर्षिया एक अविवाहित महिला लाई भारतको बिहार राज्य स्थित सीतामढी जिल्लामा उपचार नहुने भने पछि विरामी ले डा. यादव लाई भेटेका थिए। सिटी स्क्यान को ठोस डायग्नोसिस पश्चात, स्त्री तथा प्रसुती रोग विषेशज्ञ, डा. सचिन यादव र उनका टोली ले मलंगवा स्थित रहेको प्रादेशिक अस्पतालमा शकुशल सल्यक्रिया गरी सिस्ट निकालेका छन्।
शल्यक्रियामा डा. अविनाश सिंह, एनेस्थेसिया राकेश र सुरेन्द्र, नर्सिङ सदस्य लता यादव र सहयोगी कर्मचारी निरु परियारको राम्राे सहयोग रहेको डा. यादव ले जानकारी गराएका छन्।
उनी भन्छन्, “अब सर्लाही बासीले मलंगवा अस्पतालमा यस्ता उन्नत चिकित्सा सेवाहरू पाउने अवसर प्राप्त गरेका छन्, जसले समय/ पैसा दुवैको बचत गर्छ र यस प्रकारका अग्रगामी चिकित्सा सेवाहरूलाई स्थानीय स्तरमै प्रवर्धन गरेर मलंगवामा स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ, जसले समुदायलाई ठूलो लाभ पुर्याउँछ।”
Post Comment