२४ माघ २०८२, शुक्रबार

कपडामा बेरेर पलाष्टिकमा पोको पारेको अवस्थामा मानव कंकाल फेला

 

१७ भदौ , प्यूठान — प्यूठानमा मानव कंकाल फेला परेको छ । जिल्लाको माण्डवी गाउँपालिका-२ मा मानव कंकाल फेला परेको हो ।माण्डवी गाउँपालिका-२ अधेरीस्थित दल बहादुर खत्रीको पुरानो घरमा मानव कंकाल फेला परेको वडा अध्यक्ष प्रकाश ओलीले जानकारी दिए ।कपडामा बेरेर पलाष्टिकमा पोको पारेको अवस्थामा घरको दोस्रो तलामा ढोकाले माथिबाट च्यापिएको अवस्थामा कंकाल फेला परेको हो ।आइतबार स्थानीय बाँदर धपाउन गएको बेला पानी परेपछि ओत लाग्न उक्त घरमा गएका थिए । भुइँतलामा हिलो भएपछि दोस्रो तलामा ओत लाग्न गएका उनीहरुले मानव कंकाल फेला पारेका थिए । उक्त घर विगत ७ वर्षदेखि खाली छ । घरको बीच तलामा ११/१२ वर्षको बालिकाको कंकाल हुनसक्ने माण्डवी गाउँपालिका वडा नं २ का वडाध्यक्ष ओलीले जानकारी दिए ।

Post Comment

छुटाउनुभयो कि ?