१० श्रावण २०८२, शुक्रबार

जसपाको सर्लाही जिल्ला कार्यसमिति गठन

 

३१ साउन, सर्लाही । अशोक राई नेतृत्वको नवगठित जनता समाजवादी पार्टीले सर्लाहीमा जिल्ला कार्यसमिति गठन गरेको छ।

सदरमुकाम मलंगवास्थित होटल कुसुम पार्टी प्यालेसमा बिहिबार मधेश प्रदेश संयोजक तथा पुर्व मधेश प्रदेशसभा सदस्य अशोक कुमार यादबको अध्यक्षतामा आयोजित जिल्ला कार्यसमिति सर्लाही घोषणा सभामा शम्भु प्रसाद यादवको संयोजकमा २५ सदस्य जिल्ला कार्यसमिति गठन भएको छ। त्यस्तै समाजवादी युवा संघ राजकुमार यादवको नेतृत्वमा २५ सदस्य युवा कमिटी गठन र चन्द्रिका कुमारी सिंह दोनवार‌को नेतृत्वमा २५ सदस्य महिला कमिटी गठन भएको जसपा युवा नेता सोहन झाले बताए।

कार्यक्रमको प्रमुख आतिथ्यतामा केन्द्रीय अध्यक्ष अशोक कुमार राई, सहअध्यक्ष रेणुकुमारी यादब, सचिब बिरेन्द्र प्रसाद महतो, बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको विशिष्ट आथित्यमा पार्टीको ‘जिल्ला भेला तथा कार्यसमिति गठन’ कार्यक्रम सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?