२६ जेष्ठ २०८२, आईतवार

विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

 

३१ साउन, विराटनगर : विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ पिपलचोकमा राति ९:३५ बजेतिर दुर्घटना भएको हो ।  उत्तरबाट आएर पूर्वतर्फ मोडिँदै गरेको को १ च ५१९१ नम्बरको कार र भित्री सडकबाट कोशी लोकमार्गतर्फ निस्कदै गरेको मधेस प्रदेस ०१–००४ प २७८४ नम्बरको मोटरसाइकल एकपासमा ठोक्किएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा मोटरसाइकल चालक मोरङको बूढीगंगा गाउँपालिका–५ का ४० वर्षीय फेकुलाल सरदारको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका सरदारलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।  दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ४६ वर्षीय जीवन कटवाललाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?