माछा पोखरीमा डुबेर एक बालिकाको मृत्यु, एकको उद्धार
२४ साउन, कञ्चनपुर । माछा पोखरीमा नुहाउँदै गरेकी शुक्लाफाँटा नगरपालिका-४ आशापुरका १३ वर्षीय विपना चुनाराको बुधबार साँझ डुबेर मृत्यु भएको छ ।
पौडी खेल्न नजान्दा चुनाराको डुबेर मृत्यु भएको हो । साथीसँग पोखरीमा नुहाउनका लागि गएका बेला डुबेर चुनाराको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुढाऐरले बताए । विपनासँगै नुहाउन गएकी ११ वर्षीया विपिका सुनारको भने सकुशल उद्धार गरिएको छ । स्थानीय अस्पतालमा सामान्य उपचारपछि उनी घर फर्केकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment