त्रिभुवन विमानस्थलबाट एक किलो ३०० ग्राम सुन बरामद

२२ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईको दुबईबाट आएकी एक यात्रुबाट सुन बरामद भएको छ । शनिबार राति दुबईबाट आएकी श्रीलंकन नागरिकको साथबाट एक किलो ३०० ग्राम सुन बरामद भएको हो । श्रीलंकन नागरिक कान्थामात्रे काभास्करको साथबाट सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । उनी फ्लाई दुबईबाट राति १२ः५ बजे एयरपोर्ट झरेकी […]

बालकुमारी घटनाको विरोधमा प्रदर्शन गर्ने ७ जना पक्राउ (तस्बिरहरू)

१४ पुस, काठमाडौं । शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएको विरोधमा शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ । विभिन्न राजनीतिक दलका युवाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले प्रहरीको गोली लागी दुई युवकको मृत्यु भएको घटनाको बिरोध गरेका थिए । प्रदर्शनमा सहभागी युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन […]

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

१३ पुस, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले  क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।  यस्तै सजाय निर्धारणका लागि पुस २५ गते पेसी तोकिएको छ । अदालतले किशोरी साबालक रहेको ठहर गरेको छ । किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगेको अदालतले […]

बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

१३ पुस, काठमाडौं । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार करिब २३ वर्षीय सुजन राउतको मृत्यु भएको हो । अस्पतालका अनुसार राउतलाई अस्पताल पुर्याउनुपूर्व नै उनको मृत्यु भइसकेको थियो । त्यस्तै […]

युवाहरूद्वारा ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी

१३ पुस, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् । उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले भने, ‘गाडीमा आगो लगाएको खबर आएको छ, प्रहरी टोली पनि त्यहाँ पुगेको छ ।’ उनीहरुले […]

ठग बहादुरलाई जोगाउन उल्टो बकपत्र गर्नेविरुद्ध मुद्दा दायर

११ पुस, काठमाडौँ । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख डिएसपी ठग बहादुर केसी सम्मिलित घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रूपमा पेस गरिएका खेम/खिलेन्द्र भन्ने खिलेन्द्र सिंह जिसीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । केसीलाई जोगाउन उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको कागजको प्रतिकूल हुने गरी बकपत्र गरेका […]

सहकारी ठगी आरोपमा पूर्व रजिष्ट्रार पराजुली पक्राउ

११ पुस, पोखरा । सहकारी ठगी प्रकरणमा सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार तथा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । पर्वत प्रहरीले बुधवार उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो । पर्वतका डीएसपी खुमलाल भुसालका अनुसार  पोखराको मित्र मिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले १ करोड २५ लाख मागेका […]

‌बारा प्रहरी द्धारा रुपेशको मुख्य आरोपी सिंह पक्राउ

अमरेश कुमार पाण्डेय। १० पुस, बारा । बाराको कलैयामा रहेको बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्या गर्ने समूहका मुख्य सुटर भनिएका सुजित सिंहलाई प्रहरीले पक्राउ गरेको छ । सिंहलाई भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट गोली हानेर पक्राउ गरिएको हो । बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले साँझ ६ बजेदेखि नै सिंहलाई नियन्त्रणमा लिन […]

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

९ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज काठमाण्डु जिल्ला अदालतमा सुनुवाइ हुँदैछ। पेसीमा चढेर पनि लामो समयदेखि सर्दै आएको मुद्दामा काठमाण्डु जिल्ला अदालतले आज सुनुवाइका लागि पेसी तोकेको हो । काठमाण्डु जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक पटक सुनुवाइ सर्दै आएको थियो । यो मुद्दामा जिल्ला अदालतले […]

सुन अनुसन्धान टोलीले पाएन विमानस्थलको ३ महिनाको सीसी टीभी रेकर्ड

८ पुस, काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वको टोलीले छानबिनका लागि माग गरेअनुसारका क्लोज सर्किट (सीसी) क्यामरा फुटेज नपाएको पाइएको छ । समितिले छानबिनका क्रममा विमानस्थलको आगमनतर्फको पछिल्लो तीन महिनाको सीसी टीभी रेकर्ड माग गरेको थियो । तर, ब्याकअपको सीमितता भन्दै २१ दिनसम्मको मात्रै रेकर्ड पाइएको समितिका […]