गुजरातमा पुल नदीमा खस्दा मृ*त्यु भएकाको संख्या १५ पुग्यो, अझै ४ जना बेपत्ता

२६ असार, गुजरात ।  भारतीय प्रान्त गुजरातको बडोदरास्थित महिसागर नदीको पुल भाँचिँदा मृत्यु भएकाको संख्या १५ पुगेको छ। बुधबार बिहान बडोदरा र आनन्द जोड्ने गम्भीरा पुल अचानक भत्किँदा त्यहाँ गुडिरहेका पाँच सवारीसाधन पनि नदीमा खसेका थिए। नदीमा बिहान थप २ शव भेटिएपछि मृतकको संख्या १५ पुगेको हो। यसअघि दुर्घटनाकै दिन बुधबार १३ जनाको शव निकालिएको थियो।

टी-२० विश्वकप छनोट : नेपाल समूह-२ मा

२६ असार, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्र छनोटमा नेपाल समूह-२ मा परेको छ। ओमनमा आगामी अक्टोबरमा हुने उक्त छनोटमा नेपाल समूह-२ मा परेको हो । उक्त समूहमा नेपालसहित कुवेत र जापान छन् । छनोटमा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । समूह-१ मा युएई, मलेसिया र कतार छन् । […]

टेक्सास बाढी : मु*त्यु हुनेको संख्या ११९ पुग्यो, अझै बढ्न सक्ने अनुमान

२६ असार, अमेरिका ।  अमेरिकाको टेक्सास राज्यमा जुलाई ४ मा आएको विनाशकारी बाढीले हाल सम्म कम्तिमा ११९ जनाको ज्यान गएको पुष्टि भएको छ । स्थानीय अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । ‘बाढीका कारण सबैभन्दा धेरै प्रभावित बनेको काउन्टीमा अझै पनि कम्तिमा १६१ जना बेपत्ता छन् । ग्वाडालुप नदीको किनारमा रहेको […]

भारतको नयाँ दिल्लीमा भूकम्पको धक्का

२६ असार, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा बिहीवार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् । स्थानिय समय अनुसार विहान ५ बजेर ३६ मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् । भुकम्पका कारण राजधानी दिल्ली सहित नोएडा, गुरुग्राम र आसपासका क्षेत्रका बासिन्दाहरूलाई त्रसित भएका छन् […]

गाजामा इजरायली सेनाद्वारा ३३ प्यालेस्टिनीहरूको ह*त्या

२६ असार, गाजा । बुधवार गाजा पट्टीमा इजरायली आक्रमणबाट ३३ प्यालेस्टिनीहरूको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् । इजरायली सेनाले गाजा पट्टीभर १ सय भन्दा बढी क्षेत्रहरुमा प्रहार गरेको बताएको छ । गाजास्थित नागरिक रक्षा प्राधिकरणका प्रवक्ता महमुद बसालले बताएअनुसार इजरायली युद्धविमान र ड्रोनहरूले बिहान सबेरैदेखि गाजापट्टीका विभिन्न क्षेत्रहरूमा दर्जनौं आक्रमण गरेका छन् । जसमा […]

दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी

२६ असार, काठमाडौं । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध डिसेम्बर ३ मा सैन्य कानुन (मार्सल ल) लागु गर्ने प्रयास गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ । बिहीबार बिहान पक्राउ पुर्जी जारी गरिएको दक्षिण कोरियाली समाचार एजेन्सी जनाएको छ । यून बुधबार सियोलको एक अदालतमा अभियोजकले अनुरोध गरेको पक्राउ पुर्जीको समीक्षाका निम्ति सात घण्टा […]

मानव स्रोत विकास परियोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दियो ५३ करोड ७० लाख अनुदान

२५ असार, काठमाडौं । जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ५४ करोड १० लाख नेपाली रुपैयाँ बराबरको ५७ करोड २० लाख जापानी येन अनुदान सहायता प्रदान गर्ने निर्णय गरेको छ । नेपालका लागि जापानका राजदुत मैदा तोरु र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले बुधवार अर्थ मन्त्रालयमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको […]

आजका लागि विदेशी मुद्राको विनिमय दर

२५ असार, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६० रुपैयाँ ५४ पैसा र बिक्रीदर १६१ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्ट्रलिङ […]

भ्रष्टाचार आरोपमा मुछिएपछि रुसी मन्त्रीले गरे आत्मह*त्या

२४ असार,रुस । रुसका यातायातमन्त्री रोमन स्टारोभोइटले पदबाट बर्खास्त गरिएको केही घन्टाभित्र आत्महत्या गरेका छन् । भ्रष्टाचारको आरोप लागेपछि उनलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बर्खास्त गरेका थिए । गोलीको चोट लागेको अवस्थामा स्टारोभोइटको शरीर एउटा निजी गाडीभित्र भेटिएको थियो । रुसको इन्भेस्टिगेटिभ कमिटीकी प्रवक्ता स्वेत्लाना पेत्रेन्कोले प्रथम दृष्टिमा यो आत्महत्याको घटना भएको बताइन् । स्टारोभोइटको […]

एक महिनामै भित्रियो डेढ खर्ब रेमिट्यान्स

२४ असार, काठमाडौं । एक महिनामै डेढ खर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । ०८२ जेठ महिनाको रेमिट्यान्स आप्रवाह एक खर्ब ७६ अर्ब ३२ करोड छ । अघिल्लो वर्ष जेठमा यस्तो आप्रवाह एक खर्ब २८ अर्ब ९१ करोड रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । पछिल्लो तथ्यांकअनुसार, चालु आर्थिक वर्ष ०८१/८२ को ११ महिनामा रेमिट्यान्स आप्रवाह […]