अस्ट्रेलियासँगको पहिलो टेस्टमा भारतको शानदार जित

  ११ मंसिर, भारतीय क्रिकेट टिमले अस्ट्रेलियामा भएको बोर्डर–गावस्कर ट्रफीअन्तर्गत पहिलो टेस्टमा ठूलो जित निकालेको छ । भारतले अस्ट्रेलियालाई चौथो दिनमा २ सय ९५ रनले हराएको हो । ५ सय ३४ रनको विशाल लक्ष्यको जवाफमा घरेलु टिम २ सय ३८ रनमा समेटिएको थियो । भारतले २०१८–१९ मा अस्ट्रेलियामा टेस्ट सिरिज जितेको थियो । यसपछि २०२०–२१ […]

स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ

  १० मंसिर , स्रोत नखुलेको करिब ६३ लाख रुपैयाँ बराबरको अमेरिकी डलर र युरोसहित मकवानपुरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।  मकवानपुरको हेटौँडा–भैसे सडकखण्डस्थित चौकीटोल नजिकैको प्रहरी चेकपोइन्टबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनजना भारतीय नागरिकको साथबाट करिब ६३ लाख रुपैयाँ बराबरको अमेरिकी […]

लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु

  लेबनानमा भएको इजरायली हमलामा दर्जनौं मानिसको मृत्यु भएको छ ।  जसमध्ये बेरुतको बास्टा क्षेत्रको बहुमंजिला आवासीय भवनमा भएको हमलामा २९ जनाको मृत्यु भएको हो । इजरायली सेनाका अनुसार  सेनाले १२ वटा हिजबुल्लाह कमान्ड सेन्टरमा आक्रमण गरेको थियो । हिजबुल्लाहको इन्टेलिजेन्स युनिट, कोस्ट–टु–सी मिसाइल युनिट र युनिट–४४००–सिरिया हुँदै इरानबाट लेबनानमा हतियार तस्करीका लागि सक्रिय  छन् […]

आईपीएल अक्सन : १५ करोड ७५ लाखमा बिक्री भए जस बटलर

  ९ मंसिर ,  इंग्ल्याण्डका विकेट किपर ब्याट्सम्यान जस बटलर १५ करोड ७५ लाखमा रुपैयाँमा बिक्री भएका छन् ।​​   आईपीएलको लागि आइतबार भएको लिलामीमा बटलरलाई गुजरात टाइटन्सले १५ करोड ७५ लाख रुपैयाँमा किनेको हो ।बटलर यस अघि राजस्थान रोयल्समा आबद्ध थिए ।  

चित्रलेखा यादव अस्ट्रेलियाको राजदुतमा नियुक्त

  ९ मंसिर, काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई अस्ट्रेलियाको राजदूत नियुक्त गरेका हुन्। संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अस्ट्रेलियाका लागि आवसीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ । यादव गत १६ असोजमा बसेको संसदीय […]

पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु

९ मंसिर, एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका एक स्थानीय अधिकारीले आइतबार बताएका छन्। पाकिस्तान सुन्नी बहुल देश हो तर अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा शिया समुदायको बाहुल्यता छ र यो समुदाय दशकौँदेखि शुन्नी बहुसङ्ख्यक पाकिस्तानीको निशाना हुने […]

एनपीएल खेल्न काठमाडौं गुर्खाजका माइकल लेभिट नेपाल आइपुगे

  ९ मंसिर, काठमाडौं , काठमाडौं । गुर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेदरल्याण्ड्सका माइकल लेभिट नेपाल आइपुगेका छन् । लेभिट एनपीएलका लागि नेपाल आइपुगेको गुर्खाजले जानकारी गराएकोे हो । गुर्खाजले लेभिटलाई पहिलो विदेशी खेलाडीको रूपमा काठमाडौंमा अनुबन्ध गरेको थियो ।२१ वर्षीय युवा ब्याटर लेभिटले नेदरल्याण्ड्सका लागि ८ ओडीआई र १७ टी–२० आई खेल खेलिसकेका […]

इजरायली आक्रमणले बेरुतमा आठतले भवन ध्वस्त, २० व्यक्तिको मृत्यु

  लेबनानले मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको जनाएको छ। इजरायली सञ्चारमाध्यमका अनुसार हिजबुल्लाहका एक वरिष्ठ कमान्डरलाई निशाना बनाउने उद्देश्यले शनिबार बिनाचेतावनी यो हमला गरिएको हो। यस आक्रमणमा आठतले आवासीय भवन ध्वस्त भएको छ। यो हमला घना जनसंख्या भएको बस्ता जिल्लामा गरिएको हो। लेबनानको राष्ट्रिय समाचार एजेन्सीले उक्त हमलामा बंकर बस्टर […]

गाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु

  ८ मंसिर, गाजा,। गाजामा शनिबार भएको इजरायली हमलामा कम्तीमा छ जना बालबालिका सहित १९ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा पट्टीमा इजरायली हवाई आक्रमणले निम्त्याएको नरसंहारमा १९ जनाको मृत्यु भएको र ४० जना भन्दा बढी घाइते भएको बताउनु भएको छ । आक्रमणले उत्तरी गाजाको जेइतुनको […]

पाकिस्तानमा साम्प्रदायिक हिंसामा ३२ जनाको मृत्यु

  ८ मंसिर, एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । झडपमा ४७ जना घाइते भएको पाकिस्तानी सुरक्षा अधिकारीले शनिबार एएफपीलाई बताएका छन् । स्मरण रहोस्, पाकिस्तानको सोही क्षेत्रमा दुई दिनअघि भएको साम्प्रदायिक झडपमा कम्तीमा ४३ जनाको मृत्यु भएको थियो । “शिया र सुन्नी समुदायबीच विभिन्न स्थानमा लडाइँ जारी […]