भारतमा १८ विमानस्थल बन्द, २०० भन्दा बढी उडान रद्ध

  २४ वैशाख,  काठमाडौँ । भारतले पाकिस्तानमा गरेको हवाई आक्रमणपछि ७ राज्यका १८ विमानस्थलमा उडान बन्द गरेको छ । यी मध्ये प्रमुख एयरपोर्टहरू श्रीनगर, जम्मू, लेह, चंडीगढ़, बिकानेर, जोधपुर, राजकोट, धर्मशाला, अमृतसर, भुज र जामनगर रहेका छन् । यी विमानस्थलहरू पाकिस्तान सीमासँग जोडिएका छन् । समाचार एजेन्सी पीटीआईले अस्थायी रूपमा बन्द गरिएका ११ विमानस्थलको नाम […]

मुम्बई इन्डियन्सका कप्तान हार्दिकलाई २४ लाख जरिवाना

  २४ वैशाख, काठमाडौं । जारी आईपीएलमा मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या र सम्पूर्ण टोलीलाई यस सिजनमा दोस्रो पटक जरिवाना गरिएको छ । मंगलबार राति सम्पन्न खेलमा मुम्बईका अलावा गुजरात टाइटन्सका मुख्य प्रशिक्षक आशिष नेहरालाई पनि म्याच फिको २५ प्रतिशत जरिवाना गरिएको छ । ढिलो ओभर रेटका कारण मुम्बईका कप्तान हार्दिक पाण्ड्यालाई २४ लाख भारु […]

केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने

  २४ वैशाख, काठमाडौँ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो । भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ । मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई […]

पाकिस्तानसँग अब कुनै पनि खेल खेल्न नहुने , गाैतम गम्भीर

  २४ वैशाख, भारत ।  भारतीय राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक गौतम गम्भीरले पाकिस्तानको आतकंवादी हमलापश्चात भारतीय टिमले पाकिस्तानसँग खेल्न नहुने प्रतिक्रिया दिएका हुन्।  दिल्लीस्थित मंगलबार एक कार्यक्रममा बोल्दै उनले  पाकिस्तानसँग न्युट्रल भेन्युमा पनि खेल्न नहुने प्रतिक्रिया दिए। जबसम्म आतंककारी हमला रोकिँदैन तबसम्म भारत र पाकिस्तानबिच केही पनि कार्यक्रम गर्न नहुने उनले बताए। ‘आतंकवादी हमलाको काम […]

अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी

  २४ वैशाख, काठमाडौं : पहलगाम आतंकवादी हमलाको उचित जवाफ दिन पाकिस्तानमा हवाई आक्रमण गरेको भारतले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीहरूलाई अपरेशन सिन्दूरको बारेमा जानकारी दिँदै सेनाको प्रशंसा गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार अपरेशन सिन्दूरको बारेमा जानकारी दिँदै प्रधानमन्त्री मोदीले यो देशको लागि गर्वको क्षण भएको बताए।  अपरेशनका लागि मन्त्रीहरूले प्रधानमन्त्री मोदीलाई बधाई दिए।

अपरेशन सिन्दूरपछि प्रधानमन्त्री मोदीले गरे तीन देशको भ्रमण रद्द

  २४ वैशाख, भारत । भारतीय सेनाले पाकिस्तानका ९ वटा आतंकवादी अड्डाहरूमा आक्रमण गरेको छ। यो कारबाहीपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विदेश भ्रमण रद्द गरेका छन्। प्रधानमन्त्री मोदीले तीन देशको भ्रमण रद्द गरेका छन्। उनी ३ युरोपेली देशमा धेरै महत्त्वपूर्ण द्विपक्षीय वार्ता र बैठकमा भाग लिन जाँदै थिए।अब प्रधानमन्त्री मोदीको नर्वे, क्रोएसिया र नेदरल्याण्ड्सको भ्रमण […]

पाकिस्तानी सेनाको कारवाहीमा १० भारतीय मारिए

  २४ वैशाख, काठमाडौं ।  एक शीर्ष भारतीय सैन्य अधिकारीले  सीमापार गोलाबारीबाट मारिएका सर्वसाधारणको संख्या १० पुगेको पुष्टि गरेका छन्। यसबाहेक ३२ जना घाइते भएका छन्। यी सबै मृत्युहरू पुंछ जिल्लामा भारत र पाकिस्तान बीचको नियन्त्रण रेखा नजिकै भएका हुन्। यसैबीच, पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना सर्वसाधारणको मृत्यु भएको र ४६ जना घाइते भएको […]

नेपालको संसद्‍मा उठ्यो भारत-पाकिस्तान युद्धको विषय

  २४ वैशाख, काठमाडौं । नेपालको संसद्‍मा भारत–पाकिस्तान युद्धको विषय उठेको छ । दुई देशबीच चलेको युद्धले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा सरकारलाई सांसदहरूले ध्यानाकर्षण गरेका छन् । प्रतनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लले नेपाल असंलग्न राष्ट्रको रुपमा रहँदै आएको बताउँछन् । तर, आतंकवादको सम्बन्धमा नेपालले आफ्नो प्रष्टता हुन आवश्यक रहेको बताउँछन् । बुधबार प्रतिनधि सभाको […]

उपप्रधानमन्त्री सिंह र इजरायलका राजदूतबीच भेटवार्ता

  २४ वैशाख, काठमाडौं । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा भएको भेट विशेष गरेर आपसी हित र सहकार्यका विषयमा केन्द्रित रहेको थियो । भेटमा नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको उपप्रधानमन्त्री […]

भारतको ५ फाइटर जेट खसालेको पाकिस्तानको दाबी

  २४ वैशाख, काठमाडौं । पाकिस्तानी सेनाले पाँच भारतीय जेट खसालेको दाबी गरेको छ। अहिलेसम्म, म तपाईंलाई पुष्टि गर्न सक्छु कि पाँच भारतीय विमान – जसमा तीन राफेल, एक एसयू-३० र एक मिग-२९ र एक हेरोन ड्रोन पनि खसालिएको छ,’ पाकिस्तानको सैन्य प्रवक्ताले अहमद शरीफ चौधरीले रोयटर्सद्वारा सार्वजनिक भिडियोमा भनेका छन् ।  बीबीसीका अनुसार भारतले पाकिस्तानको यस दाबीबारे अहिलेसम्म कुनै जवाफ […]