प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय

२९ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकले विद्युतीय दुर्घटनाका कारण कर्मचारी वा सर्वसाधारणको मृत्यु भएमा १० लाखसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको अध्यक्षतामा बसेको प्राधिकरणको ९ सय ९५औं बैठकले सो निर्णय गरेको हो । हालको व्यवस्था अनुसार विद्युतीय दुर्घटनामा परी मृत्यु भएमा […]
दुई आयोजनालाई राष्ट्रिय गौरवबाट हटाउन सिफारिस

२९ चैत, काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दुई आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाबाट हटाउन सिफारिस गरेको छ । आयोगले शुक्रबार सरकारलाई बुझाएको प्रतिवेदनमा लुम्बिनी विकास कोष र पशुपति क्षेत्र विकास कोषलाई यो सूचीबाट हटाउन भनेको हो । यी सालबसाली आयोजना भएको भन्दै राष्ट्रिय गौरवमा नराख्न भनिएको हो । लामो समयसम्म सम्पन्न हुन नसकेका […]
सातै प्रदेशलाई सवारीसाधन कर बाँडफाँट गर्न आयोगकाे सिफारिस

२९ चैत, विराटनगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सवारीसाधन कर बाँडफाँटको हिस्सा सातै प्रदेशका स्थानीय तहले पाउनुपर्ने सम्बन्धमा सिफारिस गरेको छ । आयोगले आर्थिक वर्ष ०८२/८३ का लागि विभाज्य कोषबाट स्थानीय तहलाई हुनुपर्ने सवारीसाधन कर बाँडफाँटको हिस्साको सम्बन्धमा प्रदेश सरकारलाई सिफारिस गरेको हो । संवैधानिक व्यवस्थाअनुरूप सवारीसाधन कर प्रदेश सरकार र स्थानीय तह दुवैको अधिकार […]
दुर्गा प्रसाईँ पक्राउ परेका छैनन्, प्रहरीको दाबी :

काठमाडौँ । नेपाल प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईँ खोजीको सूचीमा रहेको जनाएको छ । प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएकामा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । उनले प्रसाईँ पक्राउ नपरेको हुँदा भ्रामक […]
विशेषको फैसला चित्त नबुझेको भन्दै आयोग सर्वोच्चमा

२९ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्ससम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।आयोगले बैंकिङ प्रक्रियाविपरीत कर्जा प्रवाह गरी रु तीन करोड ८७ लाख ९४ हजार ७२४ बराबरको रकम हिनामिना गरेको अभियोगमा नागरिक लगानी कोषका प्रतिनिधि सञ्चालक छविरमण अधिकारी, साविक […]
विष्णुमती करिडोरमा दुई करोडमा पार्क बन्ने

काठमाडौँ, २८ चैतः काठमाडौँको नयाँबसपार्कस्थित विष्णुमती किनारामा रु एक करोड ९८ लाख २२ हजार लागतमा पार्क निर्माण हुने भएको छ । टोखा नगरपालिका–९ विष्णुमती करिडोरमा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको रु एक करोड ९८ लाख २२ हजार लागतमा पार्क निर्माण हुन लागेको हो । नयाँबसपार्कको सिमानासँग जोडिएको विष्णुमतीमा अव्यवस्थित रूपमा सञ्चालनमा रहेका ८२ […]
बर्षाले कर्णालीका अधिकांश सडक अवरुद्ध

२८ चैत, सुर्खेत । बुधबारदेखि परेको बर्षाका कारणका कर्णालीका अधिकांश राजमार्गहरुको आवागमन अवरुद्ध भएको छ । बर्षाका कारण राजमार्गहरुमा पहिरो खसेपछि राजधानीसंगको सडक आवागमन अवरुद्ध भएको छ । बर्षाले कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–जुम्ला सडकखण्ड, कर्णाली करिडोर र छिन्चु जाजरकोट सडक खण्डमा विहीबार दिनभर आवागमन अवरुद्ध भयो । कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो खसेपछि कर्णाली करिडोर […]
बाढीले निर्माणाधीन पुल भत्काउँदा दुई करोड बराबरको क्षति

२८ चैत, काठमाडौं । कटारी (उदयपुर), २८ चैत : आज बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ । सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिनुभयो । ‘प्रिस्टेड’ प्रविधिद्वारा निर्माणाधीन पुल बाढीका कारण […]
त्रिविका उपकुलपतिको राजीनामा स्वीकृत

२८ चैत, काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केसरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री एवं कुलपतिबाट त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा आज स्वीकृत भएक हो।
नेपाली सेनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवीलाई उच्च राखेको छ : राष्ट्रपति

२८ चैत, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति सेना र सुरक्षा निकायको प्रतिवद्धता रहेको स्पष्ट पारेका छन् । राष्ट्रपति पौडेलले अन्समिल मिसन लिवियामा जाने श्री नयाँ भैरवीदल गुल्म सातौं डफ्फाका सकल दर्जाको प्रि–डिप्लोयमेन्ट तालिम समापन समारोहलाई विहीबार काभ्रेको पाँचखालमा संबोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । […]
