दुई आयोजनालाई राष्ट्रिय गौरवबाट हटाउन सिफारिस
२९ चैत, काठमाडौं ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दुई आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाबाट हटाउन सिफारिस गरेको छ । आयोगले शुक्रबार सरकारलाई बुझाएको प्रतिवेदनमा लुम्बिनी विकास कोष र पशुपति क्षेत्र विकास कोषलाई यो सूचीबाट हटाउन भनेको हो । यी सालबसाली आयोजना भएको भन्दै राष्ट्रिय गौरवमा नराख्न भनिएको हो ।
लामो समयसम्म सम्पन्न हुन नसकेका र कार्यान्वयनमा रहेका गौरवका आयोजनाको प्राथमिकीकरण गरी यस्ता आयोजना ५ वर्षभित्र सम्पन्न गर्न समेत आयोगले सुझाव दिएको छ । मध्यम अवधि १ देखि ३ वर्षभित्र सकिने र प्रतिफल दिने आयोजनालाई प्राथमिकता दिन समेत भनिएको छ । ८० प्रतिशतभन्दा बढी काम भएका आयोजना अझै पनि उपयुक्त भए सम्पन्न गर्न पहिलो प्राथमिकता दिन समेत आयोगले सुझाव दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment