भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या २ हजार नाघ्यो, १६ जनाको मृ*त्यु

१७ जेठ ,काठमाडौँ । भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितहरूको संख्या २ हजार ३९० पुगेको छ। केरलामा सबैभन्दा बढी ७२७ केसहरू छन्। सक्रिय सङ्क्रमितहरूको हिसाबले महाराष्ट्र दोस्रो स्थानमा छ। शुक्रबार त्यहाँ ८४ नयाँ केसहरू रिपोर्ट गरिएको थियो । योसँगै कूल सङ्क्रमितको संख्या ६८१ पुगेको छ। देशको ६० प्रतिशत सक्रिय केसहरू यी दुई राज्यहरूमा छन्। उता, कर्नाटकको […]

बाढीका कारण पूर्वपश्चिम राजमार्ग ठाउँठाउँमा अवरुद्ध, माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा

  १७ जेठ, विराटनगर । अविरल वर्षासँगै आएको बाढीका कारण निर्माणाधीन पूर्वपश्चिम राजमार्गको केही स्थानमा सडक अवरुद्ध भएको छ । बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार काली खोलाले बाढीले ड्राइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ । यद्धपि बैकल्पिक बाटोबाट यातायात खुलाइएको उनले बताए […]

कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध

  १७ जेठ, धनकुटा । आज बिहान परेको अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड बगाएको छ । बाढीले साागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक बगाएको मूलघाट प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक टङ्क थापाले जानकारी दिनुभयो । यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भइरहेको थापाले जानकारी दिनुभयो । सडक […]

धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृ*त्यु

१७ जेठ, काडमाढौं । धनगढीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ। कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुर चोक नजिकै सुदूरपश्चिम प्रदेश ०१००१–त २६४५ नम्बरको टिप्परले ठक्कर दिँदा एक जनाको ज्यान गएको हो। कैलालीको गोदावरी नगरपालिका–५ का २७ वर्षीय अर्जुन चौधरीले चलाएको उक्त टिप्परले बाटो काट्ने क्रममा बैतडी जिल्लाको पाटन नगरपालिका–६ निवासी ५३ वर्षीय मन्दिर […]

मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा राखेर उपचार

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका एक चिकित्सकका अनुसार आलमलाई आईसीयूमा भर्ना गरेर उपचार सुरु गरिएको छ । परिवारले बिहान साढे १० बजे नै आलमलाई अस्पताल पुर्‍याएको थियो । ती चिकित्सकका अनुसार बिहान सात बजेतिर […]

रौतहटमा नवविवाहित युवतीको श*व बेवारिसे अवस्थामा फेला

१६ जेठ, रौतहट ।  रौतहटमा नवविवाहित युवतीको शव बेवारिसे अवस्थामा फेला परेको छ। बिहीबार दिउँसो दुर्गाभगवती गाउँपालिका–५ स्थित साँझ खोलाको झुलुंगे पुलको छेउमा अन्दाजी २५ वर्षीया युवतीको शव घोप्टो अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए बताए। युवतीको पहिचान भएको छैन। शव पोस्टमार्टमका लागि  प्रादेशिक अस्पताल  गौरको शव गृहमा राखिएको […]

बाँसका भाटाले हानेर सोलुखुम्बुमा एक व्यक्तिको ह*त्या

१६ जेठ, काठमाडौं । बाँसका भाटाले हानेर सोलुखुम्बुमा एक व्यक्तिको हत्या भएको छ । हत्या हुनेमा महाकुलुङ गाउँपालिका–२ चंखिदो बस्ने ४० वर्षीय प्रेम कुमार कुलुङ राई छन् । राईको हत्या आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २६ वर्षीय रघु कुलुङ राईलाई शुक्रबार बिहान पक्राउ गरेको छ । रघुले आफ्नै घरमा प्रेम कुमारलाई बिहीबार राति बाँसको भाटा […]

काठमाडौँमा माइक्रोबाट खसेर ३८ वर्षीया महिलाको मृत्यु, चालक पक्राउ

१६ जेठ, काठमाडौं ।  काठमाडौँको नागार्जुनमा माइक्रोबसबाट खसेर एक महिलाको मृत्यु भएको छ।  शुक्रबार बिहान नागार्जुन नगरपालिका-६ टेम्पो पार्कस्थित सडकमा बा.प्र.०१-००२ ज ७०५७ नम्बरको माइक्रोबाट खसेर ३८ वर्षीया कोपिला परियारको मृत्यु भएको हो। प्रहरी परिसर काठमाडौँका अनुसार महाँकालबाट सीतापाइलातर्फ आउँदै गरेको माइक्रोबाट खसेर परियारको मृत्यु भएको हो। उदयपुरको कटारी नगरपालिका-७ घर भएकी परियार नागार्जुन नगरपालिका-६ […]

पौडी खेल्ने क्रममा डुबेर २ बालकको मृ*त्यु

१५ जेठ, पोखरा । पौडी खेल्ने क्रममा डुबेर पोखरामा २ जना बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा २५, मर्दी खोलाको ड्याममा बिहीबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कास्कीको माछापुच्छ«े गाउँपालिका–६, अस्तामका १३ वर्षीय विवश परियार र १४ वर्षीय विशाल परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका […]

मकवानपुरमा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृ*त्यु

१६ जेठ, हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।  बकैया–७ मैनाटार बस्ने वीरबहादुर वाईवाको छोरी ८ वर्षीया अस्मिता वाईवाको विहीबार राति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनलाई जेठ १४ गते बुधबार बिहान आफ्नै घरमा नुहाएर कपडा लगाउने क्रममा […]