२६ जेष्ठ २०८२, आईतवार

पौडी खेल्ने क्रममा डुबेर २ बालकको मृ*त्यु

१५ जेठ, पोखरा ।

पौडी खेल्ने क्रममा डुबेर पोखरामा २ जना बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा २५, मर्दी खोलाको ड्याममा बिहीबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कास्कीको माछापुच्छ«े गाउँपालिका–६, अस्तामका १३ वर्षीय विवश परियार र १४ वर्षीय विशाल परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । साथीहरुसँग पौडी खेल्ने क्रममा एक्कासि डुबेको खबरपछि पोखराको मालेपाटनस्थित सशस्त्र प्रहरी बल कालिका गणको गोताखोरसहितको उद्धार टोली पुगेको थियो । शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment