ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी

२५ भदौ, विराटनगर । कोशी प्रदेशसभा भवन ध्वस्त भएको छ । जेनजी युवा समूहको आन्दोलनको क्रममा मंगलबार निशानामा परेको प्रदेश सभा जलेर ध्वस्त भएको हो । आन्दोलनकारीले मंगलबार दिउँसो प्रदेश सभा भवन र सचिवालयमा आगजनी गरेका थिए । प्रदेश सभाको सबै सामग्री जलेर नष्ट भएको छ । बुधबार बिहान प्रदेश सभामा खरानी मात्रै बाँकी थियो […]

‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा एक जनाको श*व फेला

२५ भदौ, ललितपुर । ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। मंगलबार भएको प्रदर्शनको क्रममा गंगा दाहालको घरमा समेत आगजनी भएको थियो। आगोमा परी एक जना जलिसकेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार शव पुरूषको हो। […]

पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको श*व फेला

२५ भदौ, काठमाडौं । पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको छ । मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवासयी विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुवको गाडी सोरूम र घर जलाइदिएका थिए । आगजनी भएको घरको गाडी सोरुममा जलेको अवस्थामा महिलाको शव फेला परेको हो […]

प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृ*त्यु

२५ भदौ, काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको बताइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरे । मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ […]

डिल्लीबजार कारागारमा आगजनी, कैदीबन्दीलाई सार्ने तयारी

२५ भदौ, काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन् । कैदीबन्दीहरुले आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै आगजनी गरेका हुन् । कारागारमा आगजनी भएकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिएको अर्यालले बताए । अहिले कारागारमा आगोको मुस्लो आइरहेको कारागार प्रशासक बाबुराम अर्यालले जानकारी दिए । कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको […]

बाँकेको बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृ*त्यु

२५ भदौ, काठमाडौं । बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा पाँच जनाको मृत्यु र दुई जना घाइते भएका सुरक्षा स्रोतले जनाएको छ । स्रोतका अनुसार मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर छन् । गएराति सुधारगृहमा झडप […]

सुर्खेतमा गोली लागेर एकजनाको मृ*त्यु

२४ भदौ, काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जेनजीको आन्दोलनको क्रममा एकजनाको गोली लागेर मृत्यु भएको छ । प्रदर्शनकारील नेताका घर तथा कार्यालय आगजनी गरेपछि प्रहरीसँग झडप भएको थियो । सुरक्षा स्रोतले एकजनाको मृत्यु भएको पुष्टि गरेको छ । मुख्यमन्त्री यामलाल कँडेल र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको घरमा तोडफोडपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रयोग […]

चितवनस्थित प्रचण्डको घरमा प्रदर्शनकारीको आगजनी

२४ भदौ, काठमाडौं। जेनजी प्रदर्शनकारीले चितवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा आगजनी गरेका छन् । उनीहरूले  चितवनमा रहेको  प्रचण्डको घरमा आगजनी गरेका हुन् ।

अख्तियारको कार्यालयमा पनि आगजनी

२४ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयम पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले साँझ टंगालस्थित अख्तियारको कार्यालयमा पनि आगजनी गरेका हुन् । सोमबार र मंगलबार दिनभर जेनजी प्रदर्शकारीले गरेको प्रदर्शनका कारण २० बढीको मृत्यु भइसकेको छ । देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्च पदस्थहरूको कार्यालयमा आगजनी भएको छ । […]