ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

  ५ असार, ताप्लेजुङ । ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् । एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए।उनका अनुसार यहाँका आठ घर पूर्णरुपमा क्षति भएका छन्भने १८ घर उच्च जोखिममा छन् । जिल्लाका विभिन्न स्थानका ५५ घर जोखिममा रहेका उनले बताए। ‘बाढीपहिरोबाट […]

मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु

  ३ असार, मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका – २ थुम्कीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार सोमबार बिहान घरमै सुतिरहेको अवस्थामा ४५ वर्षीय वीरबहादुर प्रजालाई चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका प्रजाको हेटौंंडा अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा […]

फिस्लिङ दुर्घटना अपडेट : कार चालकको मृत्यु, ३ जनाको अवस्था गम्भीर

  ३२ जेठ, चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै भएको दुर्घटनामा घाइते भएका कार चालकको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँकेको नेपालगन्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ४०६० नम्बरको यात्रुवाहक बस र […]

कारसँग ठोक्किएर बस त्रिशूली नदी किनारमा खस्यो, २० घाइते मध्ये ५ को अवस्था गम्भीर

काठमाडौँ पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर छ। नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ। काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो। कारलाई जोगाउन खोज्दा […]

पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते

  ३२ जेठ, विराटनगर । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार गएराति पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । यसैगरी ४० वर्षीया युगेन लिम्बू […]

कपिलवस्तुमा यात्रुबाहक बस र पिकअप भ्यान ठोक्किँदा एक जनाको मृत्यु

  २९ जेठ, बुटवल।  कपिलवस्तुमा मंगलबार बिहान यात्रुबहाक बस र पिकअप भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक महेन्द्र विक्रम शाहीका अनुसार बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ […]

कर्णालीको झोलुङ्गे पुलमा अड्किए १३ खच्चड, उद्धारको प्रयास हुँदै

  २७ जेठ, काठमाडौं । अछाम र दैलेख जोड्ने कर्णाली नदीको झोलुङ्गे पुलमा १३ वटा खच्चड अड्किएका छन् । झोलुङ्गे पुल पार गर्ने क्रममा १३ वटा खच्चड फसेका जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनिल दाहालले जानकारी दिए ।​ ‘लठ्ठा चुँडिएको होइन, पुल कोल्टे परेर खच्चड तारमा फसेका हुन्,’ उनले भने, ‘पुललाई सिधा पारेर रेस्क्यूको प्रयास […]

मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु

  २० जेठ, काठमाडौं । मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार लेक लागेर बिरामी परेकाहरुमध्ये शनिबार छायानाथ रारा नगरपालिका तल्लेख गाउँका २० वर्षीय देवराज बुढाको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । गम्भीर बिरामी एकजनाको उपचार जारी छ । शनिबार पाटन ठूलो […]

सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु

  १९ जेठ, सुनसरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी गाउँपालिका- २ बस्ने २४ वर्षीय मोहमद अफ्रोज मिया रहेका छन् । उनको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई इटहरी उपमहानगरपालिका- ८ स्थित चिन्तन चौतारी नजिक मन्जिल प्रधानको घरको छतबाट सिटी सफारी बोलाउने क्रममा नजिकै रहेको […]

यार्सा टिप्न गएका २ जनाको मृत्यु, १ जना सिकिस्त

  १९ जेठ, मुगु । यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले जानकारी दिए । जिल्ला […]