बागलुङ बडिगाड पहिरो : तीन बालबालिका अझै बेपत्ता

२४ साउन, बागलुङ- बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ। पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ । पहिरोमा ज्यान गुमाएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ […]
हेलिकप्टर दुर्घटना : सरकारले बनायो तीन सदस्यीय छानबिन समिति

२३ साउन, काठमाडौं । नुवाकोटमा बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिनका लागि सरकारले समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलत सुवास थापाको नेतृत्वमा तीन सदस्यीय चाँजबुझ आयोग गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । आयोगको सदस्यमा विष्णु बस्नेत र तनुजा पोखरेल हुनुहुन्छ। […]
हेलिकप्टर दुर्घटना: आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

२२ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा बुधबार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन्। सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भेटघाटलाई संक्षिप्त बनाएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्काे हवाइ दुर्घटना हुनु दुःखद् भएको बताएका थिए। हेलिकप्टार दुर्घटनाका […]
नुवाकोट हेलिकप्टर दुर्घटना : पाँच जनाको शव फेला

२३ साउन, काठमाडौँ- नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ। सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ। गृहमन्त्रालयका आज बुधबार अनुसार हेलिकप्टरमा पाइलट अरुण मल्ल र चार जना चिनियाँ पर्यटक सवार थिए। जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव भेटिएको छ। हेलिकप्टर काठमाडौँबाट रसुवाको […]
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौँ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । बागमती प्रदेशका डीआईजी विष्णु केसी घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी गराए ।
विपद्मा मृत्यु भएका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी

२३ साउन ,भेरीगङ्गा । कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत रु तीन करोड ४० लाख रकम उपलब्ध गराएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असारसम्म भूकम्प, बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्बाट मृत्यु भएका परिवारका एक सय ७१ […]
पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे

२३ साउन, बागलुङ– बडिगाड गाउँपालिका वडा नम्बर १० आरुपाटामा पहिरोमा परी बेपत्ता भएका एक जनाकाे शव फेला परेकाे छ । मृत फेला पर्नेमा ३ वर्षीय आरुष थापा रहेका छन्। उद्धारमा खटिएको टोलीले बुधबार उनको शव फेला पारेको हो। आरुषको शव भेटिएसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ। यसअघि मंगलबार ८ जनाको मृत्यु […]
आरुपाटा पहिरो: ३ घाइतेलाई हेलिकप्टरमा काठमाडौँ पठाइयो, ४ बेपत्ताको खोजी जारी

२३ साउन, बागलुङको बडिगाड गाउँपालिका-१०, आरुपाटामा गएको पहिरोमा परी घाइते भएका तीनजनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको छ। सोही क्षेत्रबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने उपसभामुख बिनाकुमारी थापाका अनुसार गम्भीर घाइते १९ वर्षीया रिमा पुन,२१ वर्षीया सीता थापा र ४६ वर्षकी संगीता बुढालाई बिहान साढे ९ बजेतिर नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको हो। बाँकी […]
आज यी ६५ जिल्लामा बाढीको जोखिम

२३ साउन, काठमाडौँसहित देशका ६५ जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार सिन्धुपाल्चोकसहित १५ जिल्लामा उच्च सतर्कता र काठमाडौँसहित ५० जिल्लामा सतर्कता अपनाउन आवश्यक छ। बाढी महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर, डोटी, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी, दार्चुला र […]
गाजाका विद्यालयमा इजरायली आक्रमणः २५ जनाको मृत्यु

२३ साउन,गाजापट्टी, । प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले गाजा शहरको अल–नासर र हसन सलामा विद्यालयहरूमा इजरायली हवाई आक्रमणमा २५ प्यालेस्टाइनीको मृत्यु भएको बताएका छन् । सुरक्षा स्रोतहरूका अनुसार इजरायली युद्धक विमानहरूले दुई विद्यालयमा धेरै मिसाइलहरू प्रहार गरेका थिए । इजरायली हवाई हमलामा परी कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको र १२ जनाभन्दा बढी घाइते भएको मेडिकल स्रोतले […]
