संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै छ : मुख्यमन्त्री यादव

१४ पुस, हेटौँडा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै रहेको बताएका छन् । शुक्रवार हेटौँडामा आयोजित तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले संघीय सरकारमा रहेका व्यक्तिहरूमा सामन्ती निरङ्कुश विचार धारणा कायमै रहेको आरोप लगाए । उनले हेटौँडाको भेलाले उक्त विचारधारालाई चुनौती दिने बताए […]
प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी काटिने

१२ पुस, काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पुनर्संरचना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कम हुने जानकारी दिइन् । कटौती […]
राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति

१२ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ । सात प्रदेश राजधानीमा हुने निर्वाचनका लागि प्रदेश राजधानी रहेको जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मा दिइएको छ । आयोगले जारी गरेको सूचना अनुसार कोशीमा मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल निवाचन अधिकृत छन् । त्यस्तै मधेशमा धनुषा जिल्ला अदालतका न्यायाधीश […]
काठमाडौं महानगरपालिकामा पनि सुरु भयो स्वास्थ्य बीमा

११ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकामा अब स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न बुधबार काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य […]
विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने प्रचण्डको घोषणा

१० पुस, काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी’ नाराका साथ चलाइएको अभियान सकिनासाथ विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने घोषणा गरेका छन् । नेपाली मौलिकतासहितको नयाँ विचार निर्माणको ताकतले मात्रै माओवादी पुरानै ताकतमा फर्किने र समाजवादी क्रान्ति सफल हुने भन्दै प्रचण्डले आगामी केन्द्रीय कमिटी बैठकबाट विचार र […]
कोइरीको सांसद पद निलम्बन फुकुवा

८ पुस, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । उनी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए । आइतबार उनको निलम्बन फुकवा भएको हो । २०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोग लागेका फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार […]
कानूनी प्रक्रियाको सामनाका लागि तयार रहनू – कान्तिपुरलाई रास्वपाको चेतावनी

८ पुस, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कानूनी प्रक्रियाको सामनाका लागि तयार रहन कान्तिपुरलाई चेतावनी दिएको छ । शनिवार पोखरामा आयोजित एक सभालाई सम्बोधन गर्ने क्रममा सभापति लामिछानेमाथि मकैको खोया प्रहार भएको र उक्त घटनाको समाचार सम्प्रेषण गर्ने क्रममा कान्तिपुरले भ्रमपूर्ण कथ्य राखेको उल्लेख गर्दै रास्वपाले यस्तो चेतावनी दिएको हो । […]
शीर्ष नेताहरूबिच बालुवाटारमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सामूहिक छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफल सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित रहेको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ । शीर्ष तीन नेताहरूबिचको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि उपस्थित थिए ।
पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, एकजना पक्राउ

७ पुस, पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् । ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने […]
कांग्रेस बागमती प्रदेश सम्मेलन आज

७ पुस, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । कांग्रेस बागमती प्रदेश समितिले शुक्रबार पत्रकार सम्मेलन गरेर सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश सम्मेलनका लागि बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने जानकारी दिए। सम्मेलनको पार्टी […]
