मन्त्रिपरिषद्को बैठक बस्दै

२१ भदौ, काठमाडौं। आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकले सङ्घीय निजामती सेवा विधेयक संसद्मा पठाउने बताइएको छ । साथै समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।
मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामकरण गरिने

२० भदौ, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश सरकारको मन्त्रालय र मन्त्रीहरूका लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै सुरु गरिने बताएका छन् । बुधबार जनकपुरधाम-१९ मा कृष्णाष्टमी मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधाम-१९ मै रहेको ५२ बिघामा मधेश सरकारको प्रशासनिक भवन निर्माण गरिने बताएका हुन् । उनले यसका लागि प्रक्रिया अगाडि बढाइसकिएको जानकारी […]
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार (भिडियो)

२० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार दिउँसो रिपोर्टस क्लबमा भएको कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो । काठमाडौं। खुकुरी प्रहारबाट घाइते भएको यादवलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । यादवमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेकाे छ । घटनाको थप विवरण आउन […]
एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतगणना सुरु

१९ भदौ, काठमाडौं । नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको मतगणना सुरु भएको छ । प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत मतगणना सुरु भएको हो । प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । पदाधिकारी र सदस्य गरी २०५ जनाको प्रदेश कमिटीका लागि ३६४ जना चुनावी […]
संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न

१९ भदौ, काठमाडौं । संघीय संसद सचिवालयले होटलमा कार्यक्रम गर्ने गरेको भन्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा प्रश्न उठेको छ । मंगलबार सिंहदरबारमा भएको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले तारे हाेटल नगए पनि छलफल गर्न सकिने भन्दै सरकारी खर्च कम गराउन समिति अग्रसर हुनुपर्ने बताएका हुन् । उनले भने-‘सरकार निकायहरूका कार्यक्रमहरू गर्न तारे हाेटल नै जानुपर्छ […]
एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै

१९ भदौ, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर मंगलबार बिहानदेखि सुरु गरिएको हो । यसअघि सोमबार रातिदेखि मतदान गर्ने भनिए पनि अन्तिम समयमा आन्तरीक तयारी नपुगेको र अध्यक्ष मण्डलले उज्यालोमा मतदान गर्न आग्रह गरेकाले समय सारिएको थियो […]
एकीकृत समाजवादीले बनायो एमसीसी अनुगमन समिति

१८ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार ‘एमसीसी अनुगमन’ समिति बनाउने निर्णय गरेको छ । १२ बुँदे व्याख्यात्मक घोषणासहित कार्यान्वयनमा आएको एमसीसीका कामको अनुगमन र व्याख्यात्मक घोषणाको कार्यान्वयनको सन्दर्भमा समेत छलफल गर्नेगरी समिति गठन गरेको सो पार्टीले जनाएको छ । सो समितिले संसदभित्र पनि समिति बनाउन पहल गर्नेछ । सोमबार […]
संघीय निजामति ऐन मंगलबार मन्त्रिपरिषद्बाट पारित हुन्छ : प्रधानमन्त्री

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकलाई केही दिनभित्रै संसदमा पेश गर्ने बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले संघीय निजामति कर्मचारी ऐनलाई मंगलबारको मन्त्रिपरिषद्को बैठकले पारित गरेर संसदमा पठाउने तयारी रहेको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा शिक्षा सम्बन्धी विधेयक प्रश्तुत हुँदा मुख्य विधेयकभन्दा फरक ढंगले गएको […]
एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित

१८ भदौ, काठमाडौं। एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । राष्ट्रिय सभाको अर्को बैठक भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८०’ प्रस्तुत भयो । प्रस्तुत प्रतिवेदनलाई सभाले सर्वसम्मत रुपमा स्वीकृत गर्यो । साथै उक्त प्रतिवेदनमाथि राष्ट्रिय […]
सांसद शाहीको प्रधानमन्त्रीलाई प्रश्न: क्रिकेट खेलाडीलाई दिने भनिएको रकम किन रोकेको ?

राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले क्रिकेट खेलाडीले पाउनुपर्ने रकम अबिलम्ब उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई पुरस्कार उपलब्ध गराउने घोषणा गरेपनि अहिलेसम्म खेलाडीको खातामा एक पैसा पनि नआएको भन्दै खेलाडीले पाउनुपर्ने रकम अबिलम्ब उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘प्रधानमन्त्रीले पटक/पटक गरी १७/१७लाख दिने वाचा […]
