मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने

४ असोज, जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जेनजीको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीको कारण क्षतिग्रस्त भएका कार्यालयले बडादशैंपछि पूर्ण रुपमा सेवा प्रवाह गर्ने बताएका छन् । उनले आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै जेनजी प्रदर्शनका क्रममा मधेश प्रदेश सरकारको सरकारी निकायमा भौतिक संरचनाको व्यापक क्षति भएकाले यसको मर्मत तथा सुधारमा थप अझै केही […]
वीरगञ्ज महानगरले पुनःनिर्माणका लागि छुट्यायो ३० अर्ब

४ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरले चालु आर्थिक वर्ष २०८२-८३ का लागि विनियोजित गरिएको बजेट पुनःनिर्माणमा केन्द्रित गरेको छ । महानगरले गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ प्रदर्शनका क्रममा भएको तोडफोड र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि बजेट खर्च गर्ने भएको हो । शनिबार आयोजना गरेको नगरसभाको २८औँ विशेष अधिवेशनले पुनःनिर्माणसम्बन्धी प्रस्तावलाई सर्वसम्मत पारित […]
जेनजी आन्दोलनमा ध्वस्त संरचना पुननिर्माणका लागि वीरगन्ज महानगरकाे बजेट संशोधन

४ असोज, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेटलाई संशोधन गरी पुनःनिर्माणमा खर्च गर्ने निर्णय गरेको छ । शनिबार आयाेजित विशेष अधिवेशन (विशेष नगर सभा) ले पुननिर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित गरेको हो । गत भदौ २४ गते जेनजीले गरेको आन्दोलनका क्रममा अराजक समुहले महानगरपालिकाको कार्यालय भवनसहित सम्पूर्ण संरचना आगजनी, […]
जेनजी आन्दोलन : आफ्नो प्रदेशका मृतक परिवारलाई मधेश सरकारले साढे २ लाख क्षतिपूर्ति दिने

३ असोज, काठमाडौं । भदौ २३ र २४ गतेको जीनजीको आन्दोलनमा मृत्यु भएका आफ्ना प्रदेशका मृतक परिवारलाई मधेश सरकारले दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका […]
जनकपुरधाममा मोर्चाले मनायो कालो दिवस

३ असोज, जनकपुर । संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा कालो दिवस मनाएको छ । देशभर आज संविधान दिवस मनाइरहेको बेला मधेश केन्द्रित ६ दलको संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधामको जनक चोकमा कालो पट्टि बाँधेर कालो दिवस मनाएका छन् । सो क्रममा उनीहरुले असोज ३ कालो दिन, जय मधेश, मधेशी एकता जिन्दावादलगायतका नारा लगाएका थिए । २०६२÷०६३को मधेश […]
धनुषामा ८३५ किलो गाँजा बरामद

३ असोज, जनकपुरधाम । सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । विदेह नगरपालिका–३ गोबराही स्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा ८३५ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनि मुख्यालयको बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त […]
मधेश : प्रदेश प्रमुखसहित मुख्यमन्त्रीको टोलीद्वारा क्षति निरीक्षण

३ असोज, जनकपुरधाम । जेनजी प्रदर्शनका क्रममा मधेश प्रदेशमा भएका आगजनी तथा तोडफोड संरचनाहरू पुनर्निर्माणबारे उच्चस्तरीय टोलीले निरीक्षण गरेको छ । संविधान दिवसको सन्दर्भ पारेर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, मुख्यमन्त्री सतिश कुमार सिंह र सभामुख रामचन्द्र मण्डलसहितको टोलीले अवलोकन तथा निरीक्षण गरेका हुन् । टोलीले प्रदर्शनकारीले तोडफोड र आगजनी गरेको प्रदेशसभा सचिवालय, प्रदेश प्रमुखको […]
मानसिकता परिवर्तन नभएकै कारणले जेन–जी आन्दोलन भयो: मुख्यमन्त्री सिंह

३ असोज, जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले मानसिकतामा परिवर्तन हुन नसकेकै कारणले जेन–जीले आन्दोलन गर्न बाध्य भएको धारणा राखेका छन् । संविधान दिवस २०८२ को उपलक्ष्यमा मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले अहिलेको गतिशिल जमानामा प्रविधि र पद्धतिमा परिवर्तन आएपनि देश […]
जेन–जी आन्दोलनका क्रममा रौतहटमा २० करोडभन्दा बढीको क्षति भएको अनुमान

२ असोज, रौतहट । रौतहटको पाँच वटा स्थानीय तहसहित केही सरकारी कार्यालय भवनमा भौतिक तथा कागजपत्रमा क्षति पुगेपछी सेवा सुचारु हुन सकेको छैन् । जेन–जी आन्दोलनको क्रममा चन्द्रपुर, गरुडा, कटहरिया, फतुवा विजयपुर र बौधीमाइ नगरपालिकामा क्षति पुगेकाले सेवा संचालनमा समस्या भएको हो । चन्द्रपुरमा रहेको डिभिजन वन कार्यालय, ईलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयतथा […]
जितिया पर्वको निराहार व्रत आज

२९ भदौ,सर्लाही। सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला क्षेत्रका आमाहरूले आज जितिया पर्वको व्रत सुरु गरेका छन् । शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मध्यरातपूर्व ‘ओगटन’ (दर) खाएसँगै सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले निराहार व्रत सुरु गरेका हुन् । पितृपक्ष पनि भनिने असोज कृष्णपक्षको अष्टमी तिथिमा यो व्रतको परम्परा छ । […]
