१४ चैत्र २०८२, शनिबार

मधेश : प्रदेश प्रमुखसहित मुख्यमन्त्रीको टोलीद्वारा क्षति निरीक्षण

३ असोज, जनकपुरधाम ।

जेनजी प्रदर्शनका क्रममा मधेश प्रदेशमा भएका आगजनी तथा तोडफोड संरचनाहरू पुनर्निर्माणबारे उच्चस्तरीय टोलीले निरीक्षण गरेको छ । संविधान दिवसको सन्दर्भ पारेर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, मुख्यमन्त्री सतिश कुमार सिंह र सभामुख रामचन्द्र मण्डलसहितको टोलीले अवलोकन तथा निरीक्षण गरेका हुन् ।

टोलीले प्रदर्शनकारीले तोडफोड र आगजनी गरेको प्रदेशसभा सचिवालय, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय र अन्य सरकारी कार्यालयका भवनहरूमा पुगेको क्षतिको निरीक्षण गरेको छ ।

Post Comment

छुटाउनुभयो कि ?