मधेश प्रदेशसभाको बैठक बस्दै

३ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि दर्ता भएको महाभियोगमाथि छलफल गर्न प्रदेशसभा बैठक डाकिएको छ । आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा सहभागिताको लागि प्रदेश सभा सचिवालयले सामाजिक सञ्जालको ग्रुपमार्फत जानकारी पठाएको छ । गत कात्तिक २७ गते मधेश प्रदेश सभामा सात […]
मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया

२ मंसिर, सर्लाही । कविलासी नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा १ हजार ३५ जनाले आँखा परीक्षण गराएका छन् भने मोतियाबिन्दु रोग देखिएका २०४ जनाको निःशुल्क शल्यक्रिया गरिने भएको छ। कविलासी नगरपालिका, नेपाल नेत्रज्योति संघ चितवन–सर्लाही र भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा पिपरिया, हेमपुर, जमुनिया, सलेमपुर, सिर्सिया र अगर्वा गरि नगरपालिकाका विभिन्न वडामा ३ […]
मधेसका मुख्यमन्त्रीविरुद्ध ७ दलको विरोध नवौँ दिन पनि जारी

२ मंसिर, जनकपुर। मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवाद चर्किँदै जाँदा ७ राजनीतिक दलले निरन्तर विरोध प्रदर्शनलाई नवौँ दिन पनि जारी राखेका छन्। विवादसँग सम्बन्धित रिटको आज सर्वोच्च अदालतमा न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ हुँदैछ। जनकपुरधाममा धर्ना जारी राख्दै आएका सात दलका नेता-कार्यकर्ताले एमाले नेतृत्वका कारण प्रदेशमा राजनीतिक अस्थिरता गहिरिएको आरोप लगाएका छन्। […]
मधेसका मुख्यमन्त्री यादवलाई काम गर्न दिन माग गर्दै जनकपुरधाममा धर्ना

२ मंसिर, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई काम गर्न नदिइएको आरोप गर्दै उनका समर्थक मंगलबार जनकपुरधाममा सडक आन्दोलनमा उत्रिएका छन्। जनक चोकमा आयोजित धर्नामा एमालेका नेता-कार्यकर्तासहित स्थानीय समर्थकहरूको सहभागिता थियो। एमाले महोत्तरी अध्यक्ष बलिराम यादवले संविधानको रक्षा र निर्वाचित मुख्यमन्त्रीलाई अवरोधविना काम गर्न दिनुपर्ने मागसहित धर्ना गरिएको बताए। उनका अनुसार विपक्षी दलहरूले राजनीतिक […]
मधेश सरकार गठन विवादको पेसी न्यायाधीश सुवेदी र पोखरेलको इजलासमा

२ मंसिर, काठमाडौं । मधेश प्रदेश सरकार गठनविरुद्ध बहुमत सांसदले दर्ता गराएको रिट सुनुवाइका लागि न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको छ । आजको पेसी पहिलो नम्बरमै तोकिएको छ । आज दोस्रो सुनुवाइ हुन लागेको हो । सोमबार पेसी तोकिए पनि समय अभाव भएकाले सुनुवाइ रोकिएको थियो । तत्कालै टुंग्याउनुपर्ने भन्दै सर्वोच्चले […]
पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै

२ मंसिर, काठमाडौं । पशुपतिनाथको मणि मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको प्रदर्शन गरिँदै छ । पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्याका दिन नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना आदि सामग्री सर्वसाधारणलाई देखाउने परम्परा छ । यही परम्पराअनुसार आज बिहान १० बजेदेखि ११ः३० बजेसम्म सुरक्षा निकायको सहयोग […]
सर्लहिया देवीक भूमिमे मलंगऽक बास

नियात्रा: ✍️ धर्मेन्द्र विह्वल नेपालऽक व्यवशायिक राजधानीक नाम सँ चिन्हल जाएबला वीरगञ्ज सँ सटल बारा जिलाक सिमरामे अवस्थित विमानस्थलमे हमरालोकैनकेँ काठमाण्डू सँ लऽ कऽउड़ल विमान आई समयेपर पहुँचौने छल । हमरा सर्लाही जिलाक मुख्यालय मलंगवा पहुँचबाक छलए । सर्लाही मिथिलाक एक महत्वपूर्ण क्षेत्र अइछ । जँ मैथिल सभ्यताक बात करी तँ सर्लाहीक महत्वकेँ अस्वीकार […]
मधेसका ५ सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश

१ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका ५ जना सदस्यलाई तत्काल पदमुक्त नगर्न आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मधेसका सभामुख रामचन्द्र मण्डललाई ५ जना सांसदलाई पदमुक्त नगर्न आदेश गरेको हो। कात्तिक २७ गते सभामुख मण्डलले जनता समाजवादी पार्टीका ४ र नागरिक उन्मुक्तिका १ सांसदलाई पदमुक्त गरेका थिए। जसपाका सांसदहरू मनीष कुमार […]
‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

१ मंसिर, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता मिल्दैनन् तबसम्म कराधार विस्तार गर्न नसकिने बताएका छन् । सोमबार कर दिवसको अवसरमा बोल्दै अर्थमन्त्री खनालले नयाँ क्षेत्रमा कर लगाएर कराधार विस्तार नहुने भन्दै व्यवसायी गतिबिधि सहज तरिकाले विस्तार गरेर आर्थिक वृद्धि भयो भने कराधार स्वत विस्तार हुने धारण राखे । उनले भने,‘जबसम्म सरकार र […]
मधेश भवन अगाडि आज पनि सांसदहरु धर्नामा

१ मंसिर, काठमाडौँ । असंवैधानिक प्रक्रिया बाट भएको सरकार गठन बदरको माग गर्दै सात दलीय गठबन्धनका मधेस प्रदेश सांसदहरू आज सातौं दिनपनि मधेश भवन अगाडि धर्ना बसेका छन् । नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी एकसातादेखि मधेश भवन अगाडि धर्ना दिँदै आएका छन् । संविधानको धारा […]
