सामाजिक सन्जालमा गाउँपालिकाविरुद्ध भ्रम फैलाइएकोमा आपत्ति

  ७ कार्तिक, सर्लाही । सर्लाहीको कौडेना गाउँपालिकाले सामाजिक सञ्जालमा मिथ्या सूचना प्रवाह गरिएको भन्दै आपत्ति जनाएको छ । गाउँपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी बेरुजुको विषयलाई लिएर केही युवाले सामाजिक सञ्जालको दुरुपयोग गरी जथाभावी ‘स्टाटस्’ लेखेर भ्रमित पार्ने काम गरेको भन्दै आपत्ति जनाएको हो । कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले सामाजिक सञ्जालमा […]

रुपन्देही जिल्ला अदालत अगाडि सहकारीपीडितको प्रदर्शन

  ६ कात्तिक, लुम्बिनी । सहकारीपीडितहरुले रुपन्देही जिल्ला अदालत भैरहवा अगाडि विरोध प्रदर्शन गरेका छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पीडितले मङ्गलबार अदालत अघि विरोध प्रदर्शन गरेका हुन् । सुप्रिम पीडित सङ्घर्ष समितिमार्फत विरोध प्रदर्शन गरिएको हो । सुप्रिम सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवम् पूर्वडीआईजी छविलाल जोशीसँग […]

धनुषामा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु

  ६ कार्तिक, जनकपुरधाम । धनुषाको धनौजीमा विद्यालय जाँदै गरेकी एक बालिकाको स्कुल बसले किच्दा मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत्त ११ वर्षीया आरोही कुमारी मण्डल छन्। धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण बहादुर सिंहका अनुसार आज बिहान १० बजेतिर बा ३ प ९०६५ नम्बरको जनज्योती बोर्डिङ स्कुलको […]

धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु

  ६ कात्तिक, जनकपुरधाम । धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हँसपुर नगरपालिका–६ टिल्हीका २२ वर्षीय अरबिन्दकुमार मण्डल रहेका छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार सोमबार साँझ जनरेटरमा तार जोड्ने क्रममा ११ हजार भोल्टेजको बिजुलीको तारमा छुन गई मण्डलको मृत्यु भएको हो । छिमेकीको पूजाको लागि […]

गण्डकीमा लमजुङका भेषबहादुर पौडेल वनमन्त्री बन्दै

  ५ कात्तिक, पोखरा । लमजुङका प्रदेशसभा सदस्य भेषबहादुर पौडेल गण्डकीको वन तथा वातावरण मन्त्री बन्ने भएका छन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस सांसद पाैडेललाई सोमबार वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् । स्वतन्त्र सांसद दीपक मनाङेले राजीनामा दिएपछि यो मन्त्रालय खाली थियो । पौडेलले मन्त्रीका रुपमा सोमबार नै प्रदेश प्रमुख समक्ष […]

हावाहुरीसहितको वर्षाले मधेसको धानबालीमा व्यापक क्षति

  ४ कार्तिक , सर्लाही । गएराति मधेसका विभिन्न जिल्लामा भएको बेमौसमी वर्षा र हावाहुरीले पाकेको धानसहितका विभिन्न अन्न बालीमा व्यापक क्षति गरेको छ। सर्लाही, रौतहट, बारा, महोत्तरी, धनुषासहितका जिल्लामा किसानले थन्क्याउन ठिक्क पारेको धान बालीमा सबैभन्दा नराम्रो असर पुगेको किसानले बताएका छन्।  मधेसका सबैजसो जिल्लामा गएराति हावाहुरीसहित वर्षा भएको थियो।  कतिपय किसानले काटेर खेतमै […]

सर्लाही क्रिकेट लिग सिजन २ सुरु, सगरमाथाको विजयी शुरुवात

  ३ कार्तिक,सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा सर्लाही क्रीकेट लिग सिजन २ को पहिलो खेलमा सगरमाथा टिमले गौतम बुद्ध टिमलाई ८४ रनले पराजित गर्दै विजयी शुरुवात गरेको छ। मलंगवास्थित कवर्ड हलमा आयोजित प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको सगरमाथाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८७ रनको विशाल योगफल बनायो। सगरमाथाका लागि प्रमोद दासले अविजित […]

मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न 

  अमरेश कुमार पाण्डेय ३ कार्तिक, बारा। बारा जिल्लाको कलैया उपमहानगरपालिका द्वारा एक कार्यक्रमको आयोजना गरी मधेस प्रदेश सरकाराका मुख्यमन्त्री माननी सतिश कुमार सिंह ज्यूलाई भव्य स्वागत तथा सम्मान गरिएका छन । उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका का मेयर विनोद साहले माननीय मुख्यमन्त्री सतिश सिंहलाई मायाको चिनो पनि प्रदान गर्नु भएका छन । कलैया उपमहानगरपालिकाले मधेस […]

एनपीएल : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त

  २९ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी मंगलबार सामाजिक सञ्जालमार्फत दिएको छ ।श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्व मुख्य प्रशिक्षकसमेत हुन् । पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल […]

सर्लाहीमा जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

२८ असोज , सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका, सिमरामा जनता समाजवादी पार्टी (जसपा) द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा जसपा जिल्ला अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा, जसपा मधेस प्रदेश अध्यक्ष एवं पूर्व प्रदेश सांसद अशोक यादव प्रमुख अतिथि रहेका थिए। कार्यक्रमका विशिष्ट अतिथि जसपा जिल्ला उपाध्यक्ष रमण मिश्र पनि उपस्थित थिए।पार्टी […]