कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

२२ जेठ, कैलाली । कैलालीस्थित घरेलु तथा साना उद्योग कार्यालय चालु आवको प्रथम १० महिनामा पाँच सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । उक्त कार्यालयका सूचना अधिकारी शर्मिला बस्नेतका अनुसार एक सय १२ उत्पादनमूलक,दुई सय चार कृषिमूलक,दुई वटा पर्यटनमूलक,दुई वटा सूचना प्रविधि र २२९ सेवामूलक घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । जिल्लामा […]
प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित

२१ जेठ, जनकपुरधाम । लामो समयपछि बुधबार बसेको मधेश प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको छ । आजदेखि सुरु हुने भनिएको पाँचौ अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षले उभिएर विरोध जनाएपछि भोलीसम्मका लागि स्थगित भएको छ । जसपा नेपालका सांसद रामअशिस यादवले १ महिना २४ दिन अघि सभामुखले नै छानबीन समिति बनाउने निर्णय गरेको […]
ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु

२१ जेठ, काठमाडौँ। रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ मंगलपुरमा बुधबार ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय गाडी र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको मालवाहक ट्रक साइडपट्टी ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा परेर विद्युतीय […]
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

२१ जेठ, वीरगञ्ज । वीरगञ्जलाई विरुप बनाएका बिजुलीका खम्बाका तार आगामी १५ दिनमा हटाइने भएको छ । स्थानीय प्रशासनले बिजुलीका खम्बामा लत्रिएका टेलिफोन, इन्टरनेट र केबलका तार हटाउने निर्णय गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा मङ्गलबार भएको जिल्ला विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायसँगको बैठकले नगर क्षेत्रका अव्यवस्थित तारलाई […]
आन्दोलित कर्मचारी र कर्णाली सरकारबीच १४ बुँदे सहमति, आन्दोलन स्थगित

२० जेष्ठ, सुर्खेत । कर्णालीका आन्दोलित कर्मचारी र प्रदेश सरकारबीच १४ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको छ । स्थानीय तहका कर्मचारीहरू कर्णालीको स्थानीय सेवा गठन तथा सञ्चालन ऐनमा विभेद गरिएको भन्दै दुई साता यता आन्दोलित थिए । प्रदेशका ७९ वटै स्थानीय तहका कर्मचारीहरू काम ठप्प पार्दै वीरेन्द्रनगर केन्द्रीत आन्दोलन गरिरहेका थिए । प्रदेश सरकारद्वारा […]
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट

२० जेठ, कैलाली । धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग गरिएका दुई हजार २६७ किलो आँप नष्ट गरेको छ । उपमहानगरको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाद्वारा गरिएको संयुक्त अनुगमनमा उक्त परिमाणमा विषादी प्रयोग गरिएका आँप पाइएपछि नष्ट गरिएको हो । उपमहानगरभित्र रहेका तीन वटा हाट (फलफूल […]
अनियन्त्रित मोटरसाइकल दुर्घटनामा सर्लाहीमा युवकको मृत्य

२० जेठ, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१७ स्थित वडा कार्यालय नजिक कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। ना.४६ प.२८२० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउको पुलको दाहिने साइडबाट झन्डै २ देखि ३ मिटर तल खस्दा मोटरसाइकल चालक घनश्याम राय गम्भीर घाइते भएका थिए। मलंगवा नगरपालिका–४ निवासी ३५ वर्षीय […]
पर्साबाट अवैध लागूऔषध गाँजा बरामद

१९ जेठ, पर्सा। जगरनाथपुर गाउँपालिका-१ टाँडीबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम गएराति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी पाण्डेपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ०५ एजे ९०७० नम्बरको मोटरसाइकल छाडि चालक फरार भएपश्चात् मोटरसाइकल तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
कोशी सरकारले १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने

इटहरी- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने भएको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्रालयको ओएनएम स्वीकृत गर्दै कार्यालय स्थापना गर्ने निर्णय गरेको हो। कोशी प्रदेशमा यसअघि सातवटा सहरी विकास कार्यालय र सातवटा पूर्वाधार कार्यालय थिए। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री […]
बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको हैकमबादी सम्बन्धी समाचार प्रकाशन हुदाँ निराधार आरोप लगाउँदै

अमरेश कुमार पाण्डेय १८ जेठ, कलैया । कलैया यातायात ब्यबस्था कार्यालय कलैयाबाट सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा लागि बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टर कलैयासँग सम्झौता गरेको छ। सम्झौता अनुसार सेवाग्राहीेले आफ्नो निजि सवारीसाधन प्रयोग गरे मात्र ट्रायल सेन्टर दस्तुर तिर्नुपर्ने उल्लेख छ। साथै सेवाग्राहीसँग आफ्नो सवारी साधन नभए सवारी साधन सहितको ट्रायल सेन्टर दस्तुर लिनुपर्ने […]
