मधेस सहिद प्रतिष्ठानका सदस्य यादव मृत फेला

२० फागुन, जनकपुर । मधेस सहिद प्रतिष्ठानका एक सदस्य मृत फेला परेका छन् । मधेस भवनभित्रको आफ्नो कोठामा मधेस सहिद प्रतिष्ठानका सदस्य रामनरेश यादव मृत फेला परेको धनुषा प्रहरीले जनाएको छ ।  जनकपुर प्रहरीका अनुसार सदस्य यादव आज बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् । आफ्नै बेडमा घोप्टो परेको अवस्थामा उनी मृत फेला परेको […]

ऊर्जामन्त्री खड्काले गरे शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ

 २० फागुन, कपिलवस्तु । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कपिलवस्तुको विजयनगर गाउँपालिका–२, ३ र ४ को ७०० हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तारका लागि निर्माण हुन लागेको  शङ्करपुर ताल एकीकृत सिँचाइ तथा जलस्रोत संरक्षण योजनाको शुभारम्भ गरेका छन् ।​ ऊर्जामन्त्री खड्काले जलस्रोत व्यवस्थापन आयोजनाले निर्माण गर्न लागेको उक्त योजनाको आज शुभारम्भ गरेका हुन् । […]

सप्तरीमा बाघको आक्रमणबाट तीनजना घाइते

  १९ फागुन, राजविराज : सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकास्थित फत्तेपुर बजार क्षेत्रमा सोमबार बाघको आक्रमणमा परी स्थानीय तीन जना घाइते भएका छन् । सप्तकोशी नगरपालिका- १ रक्तमाला टोल र खोरिया टोल नजिकै सोमबार बिहान बाघले आक्रमण गरी तीन जनालाई घाइते बनाएको प्रहरी चौकी फत्तेपुरले जानकारी दिएको छ । बाघको आक्रमण परी स्थानीय ४३ वर्षीय कृष्ण विष्ट, ५५ […]

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मटिहानीमा

  १८ फागुन,  जनकपुर । मिथिला माध्यमिकी परिक्रमा आइतबार महोत्तरीको मटिहानी पुगेको छ । धनुषाको मिथिलाविहारी–८ कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट मिथिलाविहारीको प्रतिमा डोलामा राखी सुरु भएको यात्रा जनकपुरधाम–८ स्थित अग्निकुण्डको सुन्दर सदनबाट किशोरीजीको डोला लिँदै अघि बढेको छ । पहिलो दिन धनुषाको हनुमानगढीमा रात्रि विश्राम गरेको परिक्रमाको टोली दोस्रो दिन रात्रिबासका लागि भारतको मधुवनी जिल्लामा पर्ने […]

परिक्रमाका यात्रीको स्वागतका निम्ति मटिहानीमा सार्वजनिक बिदा

  १७ फागुन,  महोत्तरी । मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागत र परिक्रमा मेलामा सहभागिताका निम्ति महोत्तरीको मटिहानी नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक बिदा दिएको छ । नगरमा आइतबार (फागुन १८)का निम्ति सार्वजनिक बिदा दिइएको हो । मिथिला माध्यमिकी परिक्रमा यस भेगको सांस्कृतिक तथा धार्मिक उत्सव भएको हुँदा आफ्नो ठाउँमा आइपुग्ने यात्री र अतिथिको […]

मुख्यमन्त्री सिंहले गरे बर्दिवासका ८ अस्पतालमा अनुगमन, ५ वटा बन्द गर्न निर्देशन

  १७ फागुन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिवासमा अनधिकृत रूपमा सञ्चालनमा रहेका पाँचवटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन्। शुक्रबार मुख्यमन्त्री सिंहले बर्दिवासका आठ अस्पतालको अनुगमन गरेका थिए। अनुगमनका क्रममा सेवा सञ्चालन अनुमति नलिएका पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र […]

जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजस्व संकलन

  १६ फागुन, जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा २४ करोड ७३ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयको ५७ करोड सात लाख १७ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेको छ । चालू आवको वार्षिक राजस्व लक्ष्यको तुलनामा हालसम्ममा ४३ प्रतिशत मात्र राजस्व संकलन भएको […]

वीरगन्‍ज गोल्डकपको दोस्रो संस्करण शनिबारदेखि

  १५ फागुन,  वीरगन्ज — मधेश प्रदेशकै सर्वाधिक धनराशिको वीरगन्ज गोल्डकपको दोस्रो संस्करण शनिबारदेखि सुरु हुने भएको छ । भेट्रान्स सिटी क्लबको आयोजना वीरगन्जको आदर्शनगर रंगशालामा फागुन १७ देखि २४ गतेसम्म आयोजना हुने गोल्डकपमा नेपाल र भारतका आठवटा टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ । गोल्डकपको दोस्रो संस्करणमा संकटा फुटबल क्लब, मच्छिन्द्र फुटबल […]

सुरु भयो १५ दिने मिथिला माध्यमिकी परिक्रमा

  १५ फागुन, जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रका धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिने मध्य (माध्यमिकी) परिक्रमा आजदेखि सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमाका लागि प्रस्थान गरेपछि १५ दिने परिक्रमा विधिवत रुपमा सुरु भएको हो । आज दिउँसो जनकपुरधाम आइपुग्ने मिथिला बिहारीको डोला अग्निकुण्डमा विश्राम गरेर किशोरीजीको डोलासहित जनकपुरको […]

३ वर्षपछि राजस्व कार्यालय जनकपुरले पूरा गर्‍यो लक्ष्य

  १० फागुन, जनकपुरधाम । तीन वर्षपछि आन्तरिक राजस्व कार्यालय जनकपुरको राजस्व सङ्कलन शतप्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको माघ महिनामा मात्र १२२ प्रतिशत राजस्व संकलन भएको हो । गत माघ महिनामा ३० करोड ९६ लाख २१ हजार राजश्व संकलन लक्ष्य राखेकोमा ३७ करोड ७४ लाख ५८ हजार राजश्व उठेको कार्यालय प्रमुख कर अधिकृत […]