बारामा टिपरको ठक्करबाट बालिकाको मृ*त्यु

१८ जेठ, काठमाडौं । बारामा टिपरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका-१ बालमन्दिर नजिकै ना १ क ८०५६ नम्बरको टिप्परले सोही वडाको मोतीबाघमा डेरा गरी बस्दै आएका हरेराम साहकी ६ वर्षीया छोरी सिवानीलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार भारतको मोतिहारी आठ मुहान घर भएका हरेरामकी छोरी सिवानीलाई बाटो काट्ने […]
कारमा लुकाएको ४० केजी गाँजासहित महोत्तरीबाट युवक पक्राउ

१८ जेठ, काठमाडौं । प्रहरीले महोत्तरीको बर्दिबासबाट कारमा लुकाएको गाँजासहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–११ घर भएका ३१ वर्षीय रगलाल सेङताङ छन् । मधेस प्रदेश प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरोको बर्दिबास शाखा र इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त टोलीले आरोपीलाई पक्राउ गरेको हो । माइस्थानबाट दक्षिणतर्फ जाँदै गरेको बागमती […]
प्रधानमन्त्रीले गरे मधेशका ८ जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडक शिलान्यास

१८ जेठ, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका ८ वटै जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडकको शिलान्यास गरेका छन् । मधेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालय मन्त्रालयले ८ वटै जिल्लाको ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्माण गर्न लागिएको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ को प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् । Mजनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति […]
प्रधानमन्त्री ओली आज जनकपुर आउदै, एकैपटक ६४ सडकको शिलान्यास गर्ने

१८ जेठ, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक ६४ वटा सडक शिलान्यास गर्ने भएका छन् । मधेस प्रदेशको राजधानी जनकपुरधाममा आइतबार एकैपटक ६४ वटा पक्की सडकहरुको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले त्यसको आयोजना गरेको हो । प्रधानमन्त्री ओली जनकपुरधामस्थित निधी भवनमा डिजिटल प्रविधिबाट एकैपटक मधेसको ६४ […]
प्रदेशसभा निर्वाचन क्षेत्रलक्षित सडकअन्तर्गत दोस्रो चरणको काम हुँदै

१७ जेठ, जनकपुरधाम । मधेस प्रदेशमा प्रदेशसभा लक्षित सडक निर्माणअन्तर्गत दोस्रो चरणको काम सुरु हुने भएको छ । १२ अर्ब ७० करोडको लागतमा निर्माण हुने पक्की सडक निर्माण हुने भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यहाँ ६४ प्रदेशभा निर्वाचन क्षेत्रमा दोस्रो चरणअन्तर्गत प्रतिनिर्वाचन क्षेत्र पाँच किलोमिटर सडक कालोपत्र सडक निर्माण गरिने […]
लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सुरू

१६ जेठ, रूपन्देही । लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सुरू भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलन मुख्यमन्त्री चेतनारायण आचार्यले शिखर सम्मेलनको शुक्रबार उद्घाटन गरे ।मुख्यमन्त्री आचार्यले भगवान् गौतम बुद्धको शिक्षा करूणा, नैतिकता, मध्यममार्ग र सामाजिक न्यायमा आधारित रहेको उल्लेख गरे । उनले यी […]
रौतहटमा नवविवाहित युवतीको श*व बेवारिसे अवस्थामा फेला

१६ जेठ, रौतहट । रौतहटमा नवविवाहित युवतीको शव बेवारिसे अवस्थामा फेला परेको छ। बिहीबार दिउँसो दुर्गाभगवती गाउँपालिका–५ स्थित साँझ खोलाको झुलुंगे पुलको छेउमा अन्दाजी २५ वर्षीया युवतीको शव घोप्टो अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए बताए। युवतीको पहिचान भएको छैन। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरको शव गृहमा राखिएको […]
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै

१६ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज ल्याउने भएको छ । अपराह्न चार बजे बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची तय भएको छ । प्रदेश प्रमुख नजिर मियाँले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची निर्धारण भएको प्रदेश […]
पूजा महतोलाई डिस होमद्वारा DTH सेवा प्रदान

१४ जेठ, महोत्तरी । नेपालको यु–१९ महिला क्रिकेट टोलीकी पूर्वकप्तान तथा वर्तमान उप–कप्तान पूजा महतोलाई डिस होमले सम्मानस्वरूप निःशुल्क Lifestyle HD प्याकेज प्रदान गर्ने भएको छ। उक्त सेवा उनलाई उनको क्रिकेट क्षेत्रमा गरेको योगदान र समर्पणको कदर स्वरूप प्रदान गरिएको हो। सेवा हस्तान्तरण कार्यक्रममा डिस होमका महाप्रबन्धक (जेनरल म्यानेजर) सुनिल थापाको विशेष रूपमा उपस्थित […]
प्रदेश सभा सदस्य गुरुङलाई पदमुक्त गर्न जनमतले पठायो सभामुखलाई पत्र

१४ जेठ,बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङलाई पदमुक्त गर्न जनमत पार्टी संसदीय दलले माग गरेको छ । संसदीय दलका नेता चन्द्रकेश गुप्ताले मंगलबार सभामुख तुलाराम घर्तीलाई पत्र पठाएर लगातार १० बैठकमा अनुपस्थित भएकाले गुरुङलाई पदमुक्त गर्न माग गरेको हो । गुरुङ पछिल्लो समय साढे २ महिनादेखि प्रदेश सभालाई जानकारी नदिई छोराछोरीसँगै बेलायतमा […]
