यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४० पैसा र बिक्रीदर १४५ रूपैयाँ निर्धारण गरिएको छ । यस्तै, आज युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर […]
मुगुमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन

२२ माघ, मुगु । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले मुगुमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन गरिएको छ । नेपाली सेनाको श्री हनुमानध्वज गुल्म, हुटु मुगुको आयोजनामा सदरमुकाम गमगढीस्थित श्री देवीदत्त गण (ख) गुल्म, सुसेमुमा सुरक्षा प्रदर्शन गरिएको हो। निर्वाचन अवधिमा एकीकृत सुरक्षा योजना […]
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाले बहालमा लिएका घर तथा कोठा खाली गर्न सम्बन्धित पक्षलाई ७ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ । काठमाडौं महानगरपालिका, कानून तथा मानव अधिकार विभागअन्तर्गत न्यायिक समितिबाट घर/कोठा खाली गर्ने भनी भएका निर्णयहरूमध्ये सहकारी संघ–संस्थाले बहालमा लिएका घर–कोठा खाली गर्ने सम्बन्धमा मिति २०८२/१०/१५ मा निर्णय कार्यान्वयन समितिको बैठकले गरेको […]
निर्वाचनमा सवारीसाधन प्रयोगमा कडाइ, आयोगद्वारा नयाँ कार्यविधि जारी
२२ माघ, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ । आयोगले निर्वाचन अवधिमा सवारीसाधनको प्रयोगलाई कडाइका साथ नियमन गर्ने उद्देश्यले ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको हो । निर्वाचन प्रचारप्रसारको अवधि तथा मतदानको दिन सवारीसाधनको प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रित […]
आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आज नेपाल क्यानडासँग खेल्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीलाई अन्तिम रूप दिने क्रममा नेपाल आज क्यानडासँग अन्तिम अभ्यास खेल खेल्दैछ । यूएईलाई सात विकेटले पराजित गर्दै उत्साह बढाएको नेपाली टोली क्यानडाविरुद्ध जित निकाल्दै विश्वकपमा आत्मविश्वाससहित प्रवेश गर्ने लक्ष्यमा छ । चेन्नईस्थित एमए चिदम्बरम मैदानमा हुने नेपाल–क्यानडा अभ्यास खेल दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुनेछ । यसअघि […]
मधेशको सवालमा सधै लडि रहने छु: राजेन्द्र महतो

सर्लाही, २१ माघ । राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष तथा सर्लाही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजेन्द्र महतोले मधेशको सवालमा सधैं राज्य शक्तिसँग लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सर्लाहीको कौडेना गाउँपालिकामा बुधबार आयोजित चुनावी छलफल कार्यक्रममा बोल्दै उहाँले आफू मधेशलगायत देशभर उत्पीडनमा परेका वर्ग र समुदायको अधिकारका लागि निरन्तर संघर्षरत रहने […]
संघीयता भनेको अधिकार र अवसरको न्यायोचित वितरण हो : प्रदेश प्रमुख सुरेन्द्र लाभ

जनकपुर । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संघीयता अधिकार र अवसरको न्यायोचित वितरण रहेको बताएका छन् । बुधबार मधेश प्रदेश सभाको ८ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रदेश प्रमुख लाभले संघीयता भनेको भूगोलको विभाजन मात्र नरहेको धारणा राखे । उनले संघीयता भनेको सिंहदरबारको अधिकारलाई जनताको घरदैलोसम्म ल्याउने प्रदेश संरचना रहेको बताए । लोकतन्त्रको […]
निर्वाचनको मुखमा भेटिए बन्दुक, भेटिएनन् बन्दुकधारी

२१ माघ, बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले निर्वाचनको मुखमा प्रयोगमा आइरहेका ११५ थान भरुवा बन्दुक बरामद गर्यो । फागुन २१ गते हुँने प्रतिनिधिसभा निर्वाचनलाई भएरहित बनाउन भरुवा बन्दुक बरामद गरेर आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको प्रहरी बन्दुक धारी सम्म पुग्न सकेन । बन्दुक धनी सम्म पुग्न नसकेको प्रहरीले कसरी बरामद गर्यो यति ठूलो […]
राष्ट्रपति जापानको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता

२१ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । बुधबार जापान टोकियोस्थित नारिता विमानस्थलबाट राष्ट्रपति पौडेल नेपाल आएका हुन् । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति जापान गएका थिए । उनको टोली सोमबार जापान पुगेको थियो । जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान […]
खुट्टाको चोट निको नभई रवि भोलि चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा

२१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चोटग्रस्त खुट्टाकै सहारामा बिहीबार आफ्नो निर्वाचन क्षेत्र चितवन–२ जाने भएका छन्। जनकपुरको चुनावी सभामा घाइते भएयता सार्वजनिक कार्यक्रमबाट टाढै रहेका लामिछाने स्वास्थ्यमा पूर्ण सुधार नआउँदै चुनावी मैदानमा फर्किन लागेका हुन्। लामिछानेले मंगलबार सामाजिक सञ्जालमार्फत बुधबारदेखि नै सार्वजनिक जीवनमा फर्किने घोषणा गरेका थिए। पार्टी […]
