उडिरहेको विमानमा एक व्यक्तिले आपतकालिन ढोका खोल्दा १२ जना घाइते। 

दक्षिण कोरियाको अकाशमा उडिरहेको एसियाना एयरलाइन्सको व्यावसायिक विमानमा एक यात्रुले आकाशमिक ढोका खोलेपछि कम्तिमा १२ जना यात्रु घाइते भएका छन्। यो घटना पूर्वी एसियाको एयरबस ए३२१ जेटमा भएको हो, जसमा १९४ जना यात्रु लिएर दक्षिणी टापु जेजुबाट डेगु सहर जाँदै गरेको विमान एसियाना एयरलाइन्स र सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। विमान जमिनबाट करिब ७०० फिट […]

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका सार्वजनिक

फाइल तस्वीर काठमाडौँ । जेठ १७ गतेदेखि हुने प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ । शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको हो । कार्यक्रम तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा वार्ता गर्नेछन् […]

मुम्बईलाई हराउँदै गुजरात आइपिएल फाइनलमा

काठमाडौं। गुजरात टाइटन्स भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न दोस्रो क्वालिफायर खेलमा मुम्बई इण्डियन्सलाई ६२ रनले हराउँदै गुजरात फाइनलमा प्रवेश गरेको हो । अब उसले उपाधिका लागि आइतबार चेन्नई सुपर किंग्सको सामना गर्नेछ । चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज (शनिबार) साँझ ४ बजे नयाँवानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने भएको हो । हिजो (शुक्रबार) प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि बैठक आज साँझ ४ बजेसम्मका लागि स्थगित गरिएको थियो । आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जारी नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने […]

राष्ट्रपतिद्वारा रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता

१२ जेष्ठ, काठमाडौं । कैलालीका पूर्वसांसद रेशम चौधरीले आफ्नो सजाय माफ गर्न राष्ट्रपति कार्यालयमा पठाएको पत्र गृह मन्त्रालयमा फिर्ता भएको छ। उनलाई कैदमुक्त गराउनका लागि पठाइएको उक्त आममाफीको प्रस्ताव प्रचलित कानुन, सर्वोच्च अदालतको फैसलाविपरित हुने भन्दै फिर्ता पठाइएको हो । चौधरी वि सं २०७२ भदौ ७ मा सातजना सुरक्षाकर्मी र एक नाबालकको हत्याको आरोपमा दोषी […]

सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु, घटनाको विरोधमा प्रदर्शन

१२ जेठ, जनकपुरधाम। सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा राजविराजस्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा कक्षा १० मा अध्ययरत १५ वर्षीय पेसलानन्द यादव छन् । राजगढ गाउँपालिका-१ झुटकी बस्ने लक्ष्मणप्रसाद यादवका छोरा पेसलानन्दको विद्यालयमै बिजुलीको तारमा हुकिङ्ग गर्ने क्रममा ११ हजारको भोल्टको तारमा छुइएर सिकिस्त घाइते भएका थिए। शुक्रबार विद्यालयले नियमित […]

लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट सुरू हुँदै, यस्तो छ सम्भावित कार्यसूची

१२ जेष्ठ, काठमाडौं । लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट सुरू हुँदैछ । आजको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले बजेट अधिवेशन आव्हान गरेको पत्र सभामुख तुलाराम घर्तीले पढेर सुनाउँनेछन् । त्यस्तै मौजुदा मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन सम्बन्धि प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र सभामुखले वाचन गर्ने कार्यसूची प्रदेशसभा सचिवालयले प्रकाशित गरेको छ । आज नै  दलको तर्फबाट […]

दुर्गा प्रसाईँले १६ करोड उधारो नतिरेको भन्दै पाँच वटा मुद्धा दायर

१२ जेष्ठ, काठमाडौं। व्यवसायी दुर्गा प्रसाईँविरुद्ध मुद्धा दर्ता भएको छ । सात वर्षअघि सामान लगेको उधारो नतिरेको भन्दै प्रसाईँविरुद्ध मुद्धा दायर भएको हो । प्रसाईंले आफ्नो मेडिकल कलेजका लागि किनेको मेडिकल इक्विपमेन्टको पैसा लामो समयसम्म तिर्न आनकानी गरेपछि आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेज, लाइफलाइन ट्रेड इन्टरनेशनल, एसएस इन्टरप्राइजेज, ट्रिनिटी फर्मास्युटिकल्सलगायतले मुद्दा दायर गरेका हुन् । प्रसाईंका दुई […]

मधेस प्रदेश सरकारमा सहभागी हुँदै लोसपा

११ जेष्ठ, जनकपुर । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश सरकारमा सहभागी हुन राजी भएको छ।जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेस प्रदेश सरकारमा लोसपालाई भित्र्याउन मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपल्ट मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। सम्भवतः आजै लोसपाबाट मन्त्री बन्नेले सपथ लिनेछन्। लोसपा पर्साबाट प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीलाई वन मन्त्रालय जिम्मा लगाएर प्रदेश […]

कैलारी गाउँपालिकामा कांग्रेस कार्यकर्ताद्वारा नाराबाजीसहित घेराउ, स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन

११ जेष्ठ, धनगढी । कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेस निकट नेता कार्यकर्ताले कार्यालय घेराउ गरेका छन् ।नेपाली कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरिरहेको गाउँपालिकालाई कांग्रेसकै असन्तुष्ट पक्षहरुले आज नाराबाजीसहित कार्यालय घेराउ गरेका हुन् । बजेट कार्यक्रम विनियोजनमा अध्यक्ष राजसमझ चौधरीको मनलाग्दी भएको र गाउँपालिकामा सुशासन नभएको तथा अपारदर्शी रूपमा खर्च हुने गरेको भन्दै घेराउ गरिएको कुरा […]