
१ माघ, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित अफगानिस्तान, इरान, रुस र सोमालियासहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। ट्रम्प प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा बस्दा सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै यो कदम चालेको हो। विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको विदेश मन्त्रालयले कन्सुलर अधिकारीहरूलाई प्रभावित […]
गगन थापा सभापति चयन

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको गगन थापा-विश्वप्रकाश शर्मा समूहको अगुवाइमा भएको विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापति चयन गरेको छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी पार्टीको विधान अनुसार बोलाएको महाधिवेशनले थापालाई सभापति चयन गरेको हो । चार दिनसम्म चलेको महाधिवेशनले थापालाई सभापति चयन गर्नु अगावै बुधबार दिउँसो शेरबहादुर देउवा पक्षको केन्द्रीय […]
प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि देशभर सुरक्षा संयन्त्र सक्रिय
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार देशव्यापी सुरक्षा तयारीमा जुटेको छ। निर्वाचन लक्षित सुरक्षा रणनीतिलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएसँगै सुरक्षा संयन्त्र पूर्ण रूपमा सक्रिय बनेको हो। लुम्बिनी प्रदेशको रुपन्देहीबाट मङ्सिर ९ गते सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न […]
आज माघे सङ्क्रान्ति, घिउ,चाकु,तरुल खाएर मनाइँदै

काठमाडौं । आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति तथा माघी पनि भनिन्छ। माघे सङ्क्रान्तिमा घिउ, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकार खाने प्रचलन छ। जाडो मौसममा शरीरलाई न्यानो […]
मलंगवा नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न

मलंगवा, पुस ३० । मलंगवा नगरपालिकाको १५औँ नगरसभा उद्घाटन सत्र बुधबार सम्पन्न भएको छ। नगर प्रमुख नागेन्द्र यादवको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन सत्रमा नगरपालिकाले हालसम्म गरेका कामको प्रगति समीक्षा गर्दै आगामी कार्यदिशाबारे छलफल गरिएको छ। उद्घाटन सत्रमा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले नगरपालिकाका तर्फबाट सम्पन्न भएका गतिविधि, कार्यक्रम तथा योजनाको प्रगति विवरण प्रस्तुत गर्नुभयो। उहाँका […]
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ । महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेछन् । ‘सहकारी ठगीको मुद्दा यथावत् […]
सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको हित हुनेगरी जिम्मेवारीपूर्वक काम गर्न गोरखापत्रको नेतृत्वलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज गोरखापत्र संस्थानका नवनियुक्त अध्यक्ष गोविन्द भण्डारी (अखण्ड) लाई नियुक्तिपत्र प्रदान गर्दै मन्त्री खरेलले इतिहास बोकेको संस्था गोरखापत्रको शाख बलियो हुनेगरी काम गर्न आग्रह गरे । सञ्चारमन्त्री खरेलले नेपाली पत्रकारिताको ऐतिहासीक […]
एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा राष्ट्रको स्वाधिनता रक्षा गर्न सकिन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले एकताबद्ध भएर संकल्पका साथ अगाडि बढे राष्ट्रको स्वाधिनता, जनताको आत्मसम्मान, जनताको आत्म निर्णयको अधिकार नेपाल र नेपालीको पहिचानको रक्षा गर्न सकिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा उनले एकताबद्ध भएर अगाडि बढ्न सकेनाैं भने फेरि दुर्घटनामा पर्न सक्ने भन्दै त्यो घटना नदोहोराउनको […]
जनताको विश्वास जित्न सबैलाई उचित तरिकाले सम्बोधन गर्नुपर्छ : माधव नेपाल

३० पुस, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले सबैलाई उचित तरिकाले सम्बोधन गरेर अगाडि बढ्न सके जनताको विश्वास जित्न सक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले सबैको साझा भएर मन जितेर अगाडि बढ्नुपर्ने भन्दै पार्टीलाई सिंगो नेपालको एकताको एउटा अभियन्ताका रुपमा अगाडि बढाउनुपर्ने बताए । उनले भने, […]
कारबाहीपछि विश्वप्रकाश- गगनले मात्रै देश र पार्टी बदल्न सक्छन्

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले महामन्त्रीबाट कारबाहीमा परेका विश्वप्रकाश शर्माले पार्टी र देशलाई बदल्नसक्ने मान्छे गगन थापा मात्रै भएको बताएका छन् । बुधबार भृकुटीमण्डपस्थित बन्दसत्र हलमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘हामी प्रतिबद्ध गर्छौं, यो कांग्रेस नेतृत्व गर्नसक्ने र देशलाई बदल्नसक्ने दह्रो मान्छे गगन थापा हो । यहाँ अलमलिनुपर्ने […]
