वीरगन्जमा सीसीटीभी जडानका लागि बैंकले गरे १७ लाख ७५ हजार सहयोग

  ८ वैशाख, वीरगन्ज :  वीरगन्ज महानगर क्षेत्रमा थप सीसीटीभी जडान र त्यसको व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले १७ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका छन्। गत पुस १५ मा वीरगन्ज महानगरपालिका, सेफर वीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साबीच वीरगन्जमा सीसीटीभी क्यामेरा सञ्जाल विस्तारका लागि त्रिपक्षीय सम्झौता भएको थियो। उक्त सम्झौता पत्रमा पावर हाउस […]

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

८ वैशाख, काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव ७५ अङ्कले घटेर दुई हजार छ सय ९८ दशमलव २८ को बिन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय १९ कम्पनीका दुई करोड १२ लाख तीन हजार सात सय ६६ कित्ता शेयर ७८ हजार […]

पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत

  ८ वैशाख : सिरहा । सिरहा नगरपालिकाले झन्डै पाँच महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा नगरपालिकाकै स्वास्थ्य शाखा प्रमुख मोहम्मद इद्रिस राइनलाई जिम्मेवारी तोकेर कामकाजमा खटाएपछि आजदेखि उहाँ हाजिर हुनुभएको छ । यसअघि नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको गत माघमा आर्थिक […]

कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही

    ८ वैशाख : बागमती : आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर नबुझाउने १२२ जना करदातामाथि कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो […]

प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घट्यो

  ८ वैशाख, काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १.८५ अंकले घटेर २७०४.१८ विन्दुमा पुगेको छ। यो समयमा ६१ वटा स्क्रिप्सहरूको ३ हजार ३२६ कित्ता सेयर १९ लाख ९६ हजार ३२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २६ स्टक्सको मूल्य बढ्यो भने ३२ वटाको […]

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

  ८ वैशाख, काठमाडौं- सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढ्दै कीर्तिमानी उचाइमा पुगेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार कायम भएको छ । यो मूल्य स्थानीय बजारमा कारोबार भएको हालसम्मकै उच्च हो । यसअघि […]

गंगासागरको डिलमा भइरहेको निर्माण रोक्न उच्च अदालत जनकपुरको आदेश

  ७ वैशाख, जनकपुरधाम – जनकपुरधामको गंगासागरको डिलमा निर्माण भइरहेको निर्माण रोक्न उच्च अदालत जनकपुरले अन्तरिम आदेश दिएको छ। न्यायाधीश राजुराम सिलवालको एकल इजलासले महेन्द्रप्रसाद साहले जिल्ला प्रशासन कार्यालय धनुषा समेतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषण मुद्दामा आइतबार उच्चले भवन निर्माण गर्ने कार्य तत्काल अगाडि बढाउने कार्य नगर्न नगराउनु, निर्माण शुरु गरेको भए यथास्थितिमा राखु भनी […]

‘अर्थतन्त्र लयमा फर्किएको छ’: अर्थमन्त्री पौडेल

  ७ वैशाख, काठमाडौं- राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट तथा कार्यक्रमबारे तयार पारेको नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई पेस गरेको छ । आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवेदन पेस गरेका हुन् । उक्त प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री पौडेलले पछिल्ला दिनमा सरकारले देशको अर्थतन्त्रमा देखा परेका समस्याहरूलाई […]

सगरमाथा संवादको तयारीका लागि हिमाली संवाद गरिँदै

  ७ वैशाख, काठमाडौं । सङ्घीय सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्ने सगरमाथा संवादको पूर्वतयारीका रूपमा हिमाली संवाद आयोजना गरिँदै छ । यही वैशाख ९ र १० गते जुम्लाको खलङ्गामा हुने हिमाली संवादमा कर्णालीका बालबालिका र सीमान्तकृत समूहहरूको समस्या उठाइने छ । सगरमाथा संवादको सचिवालयसँगको समन्वयमा सेभ द चिल्ड्रेन, युथ एलाइन्स फर इन्भायरोन्मेन्ट […]

वित्तीय विवरणको असर सेयर बजारमा, घट्यो नेप्से

  ७ वैशाख, काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार आइतबार घटेको छ । साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से १६. ६८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २७०६ मा कायम भएको छ । बजार खुलेदेखि निरन्तरजसो घटिरह्यो । बैंकहरूले आजै सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण कमजोर देखिएपछि लगानीकर्ता […]