वीरगन्जमा सीसीटीभी जडानका लागि बैंकले गरे १७ लाख ७५ हजार सहयोग
८ वैशाख, वीरगन्ज :
वीरगन्ज महानगर क्षेत्रमा थप सीसीटीभी जडान र त्यसको व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले १७ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका छन्। गत पुस १५ मा वीरगन्ज महानगरपालिका, सेफर वीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साबीच वीरगन्जमा सीसीटीभी क्यामेरा सञ्जाल विस्तारका लागि त्रिपक्षीय सम्झौता भएको थियो।
उक्त सम्झौता पत्रमा पावर हाउस चोकदेखि उत्तर र पश्चिम तर्फको सडक र टोलका साथै जनघनत्व बढी भएका टोलमा थप ८० वटा सीसीटीभी क्यामेरा जडान गरिने उल्लेख थियो। थप सीसीटीभी क्यामेरा जडानका लागि वीरगन्ज महानगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने, अपुग रकम जोहोको लागि सेफर वीरगन्जले बैंक तथा वित्तिय संघ संस्थासँग समन्वय गर्ने र जिल्ला प्रहरी कार्यालय पर्साले जडान गरिएका सीसीटीभीको कन्ट्रोल रुमका साथै रेखदेखको जिम्मा लिने बुँदा सम्झौतापत्रमा उल्लेख गरिएको थियो।

Post Comment